निर्वाचन स्थगित भएको बुढीनन्दा ८ मा मतदान सुरु

निर्वाचन स्थगित भएको बुढीनन्दा ८ मा मतदान सुरु

बाजुरा : बुढीनन्दा नगरपालिका–८ को पीस क्रेटर जोन एकेडेमी मतदानस्थलमा स्थगित भएको मतदान कार्य जेठ ३ गते नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाबीच संचालन गरिएको छ।

वैशाख ३० गते मतदान स्थलमा नेकपा एमाले र नेपाली कांग्रेशका कार्यकर्ताबीच विवाद उत्पन्न भइ झडप भएपछि मतदान स्थगित भएको थियो। जेष्ठ ३ गते मंगलबार बिहान ७ बजेदेखि सुरु गरिएको पीस क्रेटर जोन एकेडेमीमा रहेको ‘क’ र ‘ख’ मतदान केन्द्रमा ८ सय ६४ जना मतदाता रहे पनि १ सय ३६ मत मात्र खसेर विवाद सुरु भएपछि मतदान स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराव अवस्थीले बताए। 

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म संचालन हुने र लगत्तै मत गणना स्थलमा मत पेटिका पुर्‍याएर सर्वदलीय बैठक बसेपछि मत गणना सूरु हुने अवस्थीले बताए। 

मतदान केन्द्रमा शान्ति सुरुक्षाको सुनिश्चितता गरी मतदातालाई भयरहित वातावरणमा मतदान गर्न नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी, म्यादि प्रहरी गरी २ सय बढी मतदान स्थलमा रहेका छन् । मतदान स्थलका अन्य पालिकाबाट जोडिएका नाकाहरुमा पनि कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएपी चतुरभुज ओझाले बताए। 

सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरिएको छ। मंगलबार बिहान ७ बजेदिखी ५ बजेसम्म मार्तडी कोल्टी सडक खण्डको मार्तडीदिखी पोरखे काध र उत्तरतिर कोल्टीसम्म मात्र यातायात संचालन गर्न दिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.