राजविराज नगरपालिकामा जसपा विजयी, निवर्तमान प्रमुख, उपप्रमुख पराजित

राजविराज नगरपालिकामा जसपा विजयी, निवर्तमान प्रमुख, उपप्रमुख पराजित

राजविराज : राजविराज नगरपालिकाको प्रमुखमा जसपाका भिमराज यादव निर्वाचित भएका छन्। स्थानीय तह २०७४ को निर्वाचनमा राजपाका शम्भुप्रसाद यादवसँग १५ मतले पराजित भएका संघीय समाजवादी फोरमका तत्कालिन उम्मेदवार भिमराज यादवले यसपटक फराकिलो मत अन्तरले उनै शम्भुलाई पराजित गरेका छन्। 

मतगणनाको सुरुवातदेखि नै अग्रता बढाउँदै लगेका भिमराजले जितका लागि ९ हजार ६२४ मत प्राप्त गरेका छन्। उनका निकट्तम प्रतिद्वन्द्वी रहे पनि शम्भुले यसपटक ४ हजार ८०७ मत मात्र प्राप्त गर्न सके। गत निर्वाचनमा राजपाबाट नगर प्रमुख निर्वाचित शम्भु पार्टी विभाजनका बेला मृगेन्द्रसिंह यादवसँगै जसपामा रहेर नगर प्रमुखको टिकटको आशा गरेका थिए। जसपाले नगर प्रमुखको उम्मेदवार नबनाएपछि मनोनयनको अन्तिम मात्र शम्भु माओवादी प्रवेश गरेका थिए। नगर प्रमुखमा उम्मेदवार बन्न पाउने शर्तसहित केही वडा अध्यक्ष लिएर प्रवेश गरेका शम्भुको नगर प्रमुखमा दोहोरिने इच्छा पुरा हुन सकेन्।

उपप्रमुखमा जसपाबाट इसरत परविन ७ हजार २६४ मतका साथ निर्वाचित भएकी छन्। राजनीतिमा नयाँ अनुहारका रुपमा यो निर्वाचनका बेला एकैपटक उदाएकी परविनले चर्चामा रहेका जसपाका अन्य महिला नेतृलाई पछि पार्दै उम्मेदवारी पाएकी हुन्। परविनका श्रीमान अधिवक्ता समिम अली जसपाका केन्द्रीय सल्लाहकार एवम् उच्च अदालत बार एशोसिएसन राजविराजका सचिव हुन्। 

परविनकी निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शुशिलाकुमारी यादवले ४ हजार ४२७ मत ल्याएकी छन्। गत स्थानीय तह २०७४ को निर्वाचनमा ५ हजार १९५ मत ल्याएर निर्वाचित भएकी निवर्तमान उपप्रमुख लोसपाकी साधना झा यसपटक ३ हजार २०६ मतमा सिमित भइन्। झाको स्थान चौथो रहेको छ।

मुख्य सबै दलको प्रतिनिधित्व भएको नगरपालिकाको नगर कार्यसमितिमा कांग्रेसको प्रतिनिधित्व हुन सकेन। प्रमुख, उपप्रमुखमा सम्मानजनक मत पाएपनि आन्तरिक विवाद र टिकट वितरणमा पक्षपात भएको भन्दै कार्यकर्ताबाटै वडा अध्यक्षमा असहयोग भएपछि कांग्रेसले एउटै वडा अध्यक्ष जित्न नसकेको कांग्रेसका कार्यकर्ताहरू बताउँछन्। 

कुल १६ वडा रहेको राजविराज नगरपालिकामा जसपाले वडा नम्बर १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले वडा नम्बर ७, ८ र १०, लोसपाले वडा नम्बर ६ र १३ को वडा अध्यक्षमा विजयी हासिल गरेको छ। नेकपा (एमाले) ले वडा नम्बर १४, नेकपा (एस)ले वडा नम्बर १२ र राप्रपाले वडा नम्बर १३ को वडा अध्यक्षमा जित हासिल गरेको छ।

सप्तरीमा हालसम्म घोषित १४ स्थानीय तहको परिणाम अनुसार कांग्रेसले ५, जसपा, एमाले र जनमत पार्टीले २/२, लोसपा, नेकपा (एकिकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले १/१ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। बाँकी जारी रहेको मतगणनामा बोदे बर्साइन नगरपालिकामा जसपालाई कांग्रेसले, डाक्नेश्वरीमा जसपालाई एमालेले तथा छिन्नमस्ता र रुपनी गाउँपालिकामा लोसपालाई जसपाले पछ्याइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.