डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी
सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।
नगर प्रमुखमा एमालेका रामलखन मलाहाले ५ हजार ८५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय डाक्नेश्वरीले जनाएको छ। निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३९६ मत ल्याएको निर्वाचन अधिकृत शिक्षा तथा समन्वय इकाई इलामका उपसचिव शम्भुनाथ मगरले जानकारी दिए।
उपप्रमुखमा एमालेकै मीराकुमारी यादवले ६ हजार १९७ मत ल्याएर निर्वाचित भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी जसपाकी इन्दुदेबी यादवले ५ हजार २०९ मत ल्याइन्। इन्दुदेबी यादव निवर्तमान उपप्रमुख समेत हुन्। स्थानीय तहको निर्वाचनमा राजपाबाट नगर प्रमुखमा ३ हजार ३० मत ल्याएर शिवनारायण साह र उपप्रमुखमा ३ हजार ८५६ मत ल्याएर इन्दुदेबी यादव विजयी भएका थिए।
वडा अध्यक्षमा एमाले र कांग्रेसले ४/४, जसपा र लोसपाले १/१ वडाध्यक्षमा विजयी हासिल गरेको छ। एमालेबाट वडा नम्बर ५ मा ९६६ मत ल्याएर रमेशकुमार चौधरी, ८ मा ११११ मत ल्याएर सीताराम पण्डित कुम्हार, ९ मा १०८४ मत ल्याएर कर्णदेब चौधरी र १० मा ९३३ मत ल्याएर कुञ्जिलाल चौधरी वडा अध्यक्षमा निर्वाचित भएका छन्।
यसैगरी कांग्रेसबाट वडा नम्बर १ मा ५३५ मत ल्याएर प्रितमलाल चौधरी, वडा २ मा ५९० मत ल्याएर रहमान मियाँ, वडा ३ मा ५०९ मत ल्याएर भागेश्वर यादव र वडा ४ मा ३३३ मत ल्याएर हरीप्रसाद राय वडा अध्यक्षमा विजयी भएका छन्। वडा नम्बर ६ मा ८४५ मत ल्याएर जसपाका कुशेश्वरप्रसाद यादव र वडा नम्बर ७ मा ५७६ मत ल्याएर लोसपाका शत्रुघ्न मण्डल वडा अध्यक्षमा निर्वाचित भएका छन्।
योसँगै सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह ३ पुगेको छ। कांग्रेस सर्वाधिक ५ स्थानीय तहमा निर्वाचित भएको छ। जसपाले ३, लोसपा र जनमत पार्टीले २/२ स्थानीय तह तथा नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले १/१ स्थानीय तहमा विजयी हासिल गरेको छ।
अब रुपनी गाउँपालिकाको परिणाम सार्वजनिक हुन बाँकी छ। रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादवले अग्रता लिएका छन्। उनलाई निवर्तमान अध्यक्ष जसपा हरेराम यादवले पछ्याइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !