निर्वाचन आयोगले बुढीगंगाको जनमतविरुद्ध निर्णय गरेको भन्दै आन्दोलन

निर्वाचन आयोगले बुढीगंगाको जनमतविरुद्ध निर्णय गरेको भन्दै आन्दोलन

बाजुरा : निर्वाचन आयोगले बुढीगंगा नगरपालिकाका जनताको जनमतविरुद्ध निर्णय गरेको भन्दै नेकपा एमाले बाजुरा आन्दोलनमा उत्रेको छ। बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत गणना नगरी पुन: निर्वाचन गराउने निर्णय प्रति एमालेले आन्दोलन गरेको नेकपा एमाले बुढीगंगा नगरकमिटी अध्यक्ष नरेन्द्र थापाले बताए।

एमालेले बुढीगंगा नगरपालिकाका जनताको मतको कदर नगरी सत्ता र शक्तिका भरमा गरेको निर्णयप्रति साँफे मार्तडी सडक खण्ड शुक्रबार बिहानदेखि डाव बजार हुँदै बल्देसम्म सडक अवरुद्ध गरेका छ।

निर्वाचन आयोग नेपालले जेठ १२ गते बिहीबार बुढीगंगा नगरपालिकाभरीको निर्वाचनलाई रद्ध गरेर पुन: निर्वाचन गराउन विज्ञप्ती निकालेको छ। नेपाली कांग्रेले २, ३, ५ र ९ नम्वरमा एमालेले बुथ कब्जा गरेको आरोप लगाउँदै आएको छ। भने कांग्रेशले ४ र ७ नम्बरमा बुथ कब्जा गरेको आरोप छ।

एमालेले जनताले गरको मतदानको कदर गर्दै यथासिघ्र मतगणना हुनुपर्ने माग राख्दै आएको छ भने कांग्रेसले पुन: निर्वाचनको माग राख्दै आएको छ। 
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सुरक्षा ब्यवस्थामा गम्भिर लापरवाही गरेकोले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डिएपी चतुरभुज ओझा र सशस्त्र प्रहरीका प्रमुख डिएपी दिपक बिष्टलाई तीन दिन भित्र हटाउन निर्णय गरेको छ।

साँफे मार्तडी सडक अवरुद्ध गर्दै दिनेश थपलीया मुर्दावाद, निर्वाचन आयोग मुर्दावाद, परमादेशी सरकार मुर्दावाद, जिल्ला प्रशासन कार्यालय मुर्दावाद नारासहित नगरवासी सडममा उत्रेका छन्।

यता जिल्ला प्रहरी कार्यालय बाजुरालाई सो चक्का जामबारे कुनै जानकारी नभएको डिएपी चतुरभुज ओझाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.