अनर किलिङ : अन्धविश्वासको आडमा क्रूर हत्या

अनर किलिङ : अन्धविश्वासको आडमा क्रूर हत्या

दुबईबाट झन्डै ५ सय ८० माइल टाढा छ इरानको खुजेस्तान प्रान्त। उक्त प्रान्तको सदरमुकाम अभाज सहरमा बिहानको चहलपहल भर्खर सुरु हुँदै थियो। सडकमा गाडीको लाइन बाक्लिँदै थिए। त्यही सहरको एउटा सडकमा सज्जाद हैदारी एउटा हातमा रक्ताम्मे छुरी र अर्कोमा महिलाको शिर बोकेर परेड खेल्दै थिए।

हैदारीले आफ्नी १७ वर्षीया श्रीमती मोना हैदारीको शिरछेदन गरेर हातमा झुन्ड्याउँदै सडकमा परेड खेले। दक्षिण पश्चिम इरानको उक्त सहरमा फेब्रुअरी ५ का दिन उक्त घटना घट्यो। तस्बिरहरू हेर्दा सज्जाद एउटा हातमा छुरी र अर्कोमा मोनाको छिनेको शिर बोकेर प्रसन्न मुद्रामा देखिन्छन्। उनी विजयको हर्षोल्लास मनाइरहेका छन्।

आश्चर्य लाग्ने अर्को कुरा के छ भने उनको हत्या गर्नको लागि मोनाको सहोदर दाइले सज्जादलाई सहयोग गरे। सज्जाद र उनका दाइको लागि मोनाको हत्या गर्नुपर्ने कुनै अपराध थिएन। बरु मर्द हुनुको गौरव थियो। यो हत्याले सज्जदको परिवारको इज्जत र प्रतिष्ठा उँचो बनाएको थियो।

मोना हैदारीको विवाह १२ वर्षको उमेरमा नाताले आफ्नै भतिजा पर्नेसँग भएको थियो। परिवारको जोडबलमा भएको उनको विवाहप्रति उनी खुसी हुने कुरै भएन। १४ वर्षको उमेरमै उनी छोराको आमा बनिन्। इरानमा विवाह गर्नको लागि महिलाको उमेर १३ वर्ष र पुरुषको उमेर १५ वर्र्ष पुगेको हुनु पर्दछ। नेपालमा भने महिलाको लागि विवाहको उमेर २० वर्र्ष पुगेको हुनुपर्छ।
वैवाहिक जीवनमा बेखुस उनी गत वर्र्ष सेप्टेम्बर महिनामा इरानबाट भागेर टर्की पुगिन्। राम्रो र खुल्ला जीवनयापन गर्ने आशामा उनी टर्की गएको बताइन्छ। आफू भागेर टर्की आएको र अर्को विवाह गर्ने निर्णय गरेको कुरा उनले परिवारलाई बताइन्।

टर्की गए पछि मोनालाई उनको बुवाले धेरै ललाइफकाइ गरे। फर्केर आउन र आएमा केही नगर्ने आश्वासन पनि दिए। मोनाको आफ्नै श्रीमान् सज्जादले पनि फर्केर आउन धेरै अनुरोध गरे। आफू सुरक्षित हुने आश्वासन पाएपछि उनी फेब्रअरी ४ मा इरान फर्किइन्। घर फर्केको अर्को दिन श्रीमान् र आफ्नै दाइ मिलेर उनको हत्या गरियो।

सन् २०२० को अन्त्यतिर इजिप्टमा सुआद नाम गरेकी एक विवाहित महिलाको हत्या गरियो। पारिवारिक सहमतिमा आफ्नै दाइ र मामा मिलेर उनको हत्या गरिएको थियो। सामान्य बिरामी भएर परीक्षण गर्दा उनी गर्भवती भएको पुष्टि भयो। श्रीमान् देशबाहिर भएको अवस्थामा गर्भवती भएको भन्दै परिवारले नै उनको हत्या गर्ने निर्णय गरे। उनको हत्यामा परिवारको इज्जत जोगिन्थ्यो। उनको हत्याले परिवारको गुमेको प्रतिष्ठा फर्कने विश्वास थियो।

‘मेरी बहिनीको तीन वर्र्षअघि विवाह भएको हो। दुलाहा कामको खोजीमा विदेश गए पछि हामीले उनलाई पश्चिम कायरोमा गएर आमासँग बस्न भन्यौं। तर उनले टेरिनन्’, उनका दाजुले भनेका छन्, ‘जब बिरामी भएर अस्पताल लग्यौं, उनी गर्भवती भएको पत्ता लाग्यो। त्यसपछि हामीले उनलाई सिध्याउने निर्णय गरेका हौं।’

यो हत्याको साक्षी उनको आफ्नै आमा थिइन्। तर पनि उनलाई यसको बारेमा बोल्ने अधिकार छैन। इजिप्टको अदालतले उनको परिवारलाई जम्मा पाँच वर्र्षकोे सजाय सुनाएको छ। यहाँको कानुनले कोही महिला यस्तो क्रियाकलापमा  संलग्न भएको देखेमा, पक्रिएमा वा पुष्टि गर्ने कुनै प्रमाण भेटेमा हत्यारालाई कमभन्दा कम सजाय दिने व्यवस्था गरेको छ। सोही अधिकार महिलाको हकमा भने छैन।

अनर किलिङ अर्थात् आफ्नो र घरपरिवारको इज्जतको लागि गरिने महिलाको हत्या हो। इरान, अफगानिस्तान, पाकिस्तान, इजिप्टजस्ता धेरै इस्लामिक सहरहरूमा महिलाले परिवारको इज्जत गुमाएको अवस्थामा उनीहरूको हत्या गर्ने प्रचलन रहेको छ। इजिप्ट, टर्कीलगायत केही मुलुकहरूमा त इसाई धर्म मान्नेहरूले पनि संस्कृतिको रूपमा यसलाई अपनाएका छन्।
छोरी मान्छेले भागी विवाह गरेमा, अवैध यौनजन्य क्रियाकलाप गरेमा, सम्बन्धविच्छेद माग गरेमा वा घरपरिवारको इज्जत र प्रतिष्ठामा आँच आउने खालका कुनै पनि क्रियाकलाप गरेमा परिवारको इज्जत गएको मानिन्छ।

आफ्नो र घरपरिवारकै इज्जत गएको कुनै पुरुष मान्छेले महसुस गरेमा शिर छेदन गरी आइमाई मान्छेको हत्या गर्नु पुरुष मान्छेको लागि पुरुषार्थ देखाउनु हो। यसैमा उसले आफ्नो इज्जत बढेको महसुस गर्छ। यस प्रकृतिका हत्याहरू विशेषगरी इस्लाम धर्म मान्ने देशहरूमा प्रचलित छ। प्रचलन एउटा अन्धविश्वास मात्र रहेको र धार्मिक रूपमा यसको कुनै साइनो नभएको धर्मगुरुहरूले बताउने गरेका छन्।

अनर किलिङको डरलाग्दोे तथ्यांक भने कट्टर इस्लामिक राष्ट्र अफगानिस्तानमा रहेको अनुमान गरिन्छ। अफगानिस्तानको मानव अधिकार संस्था एआईएचआरसीका अनुसार सन् २०१९ मा २ सय ३८ जना महिलाको हत्या भएको छ। जसमध्ये ९६ जनाको नितान्त अनर किलिङ भएको जनाइएको छ। पाकिस्तानमा मात्रै बर्सेनि १ हजारभन्दा बढी महिलाहरू यसरी नै मारिने गरेको तथ्यांक रहेको छ। धार्मिक रूपमा अति संकीर्ण यी देशमा अनर किलिङको वास्तविक संख्या कति हो भनेर पुष्टि गर्ने कुनै आधार छैन।

मध्यपूर्वका अन्य मुलुकहरू जस्तै यूएई, कतार, साउदी अरब, ओमान, कुबेत, इराक आदिमा पनि कति महिलाहरू अनर किलिङको सिकार बन्ने गरेका छन् भन्ने कुनै तथ्यांक छैन। मानव अधिकार संस्थाहरूले मध्यपूर्बमा पनि बर्सेनि हजारौं महिलाहरू मारिने गरेको अनुमान गरेका छन्। यूएईले सन् २०२० मा अनर किलिङसम्बन्धी धार्मिक कानुन सारियालाई खारेज गरेको थियो।

सन् २०२० मा छिमेकी मुलुक भारतमा २५ जनाको अनर किलिङ भएको रेकर्ड छ। भारतमा मात्र राज्यको जानकारीमा नभएका यस्ता सयौं हत्याहरू भएको अनुमान गरिन्छ। सन् २०१९ भन्दा अघिको पाँच वर्र्षको अवधिमा भारतको एउटा राज्य तामिलनाडुमा मात्र १ सय ९५ जनाको हत्या भएको त्यहाँ कार्यरत गैरसरकारी संस्थाहरूले जनाएका छन्। नेपालमा विशेषगरी तराईका अविकसित र अशिक्षित इलाकाहरूमा फाट्टफुट्ट यस्ता घटना घट्ने गरेको पाइन्छ।

संयुक्त राष्ट्र संघको अनुमानअनुसार हरेक वर्ष कम्तीमा पाँच हजार महिला र केटीहरूको हत्या अनर किलिंगमा हुने गरेको छ। यो मध्यपूर्व र दक्षिण एसियामा व्यापक रूपमा हुने गरेको तथ्यांकले देखाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.