खोलामा डुबेर युवकको मृत्यु

खोलामा डुबेर युवकको मृत्यु

राजविराज : पौडी खेल्ने क्रममा सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित त्रियुगा खोलामा डुबेर बिहीबार एक युवकको मृत्यु भएको छ।

चन्द्रनहरको पाँच ढोकेमा पौडी खेल्न हाम्फालेका उदयपुरको बेलका नगरपालिका–४ रामपुर लालसिसुवाका दिपेन्द्र खत्रीको छोरा ३२ वर्षीय प्रविण खत्रीको डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। प्रहरी चौकी फत्तेपुरका सई डिकसेर राईका अनुसार खत्री बेलकाबाट फत्तेपुरस्थित आफन्तको घर आएका थिए। पौडी खेल्न तीन जना साथीसँग खत्री त्रियुगा खोलामा पुगेका थिए।

पौडी खेल्न खोलामा हाम फालेका खत्री पानीमा बेपत्ता भएपछि पानीको मुहान बन्द गरेर खोजतलाश गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले बताए।

खत्रीको शव हामफालेको स्थानदेखि तीन सय मिटर पूर्व–दक्षिण खोलामा फेला परेको थियो। शवलाई पोष्टमार्टमका लागि चौदण्ढिगढी बेल्टार लगिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.