गठबन्धन समूहलाई पराजित गरी प्रगतिशील समूह विजयी

गठबन्धन समूहलाई पराजित गरी प्रगतिशील समूह विजयी

राजविराज : सप्तरी जिल्ला अदालत बार इकाई राजविराजमा प्रगतिशील समूहको प्यानल विजयी भएको छ। नयाँ नेतृत्वका लागि भएको निर्वाचनले समावेशी प्रगतिशील समूहका सम्पूर्ण पदाधिकारी, सदस्य र पार्षद निर्वाचित भएका छन्।

शनिबार मध्यराति सम्पन्न निर्वाचन परिणाम अनुसार प्रगतिशील समूहबाट अध्यक्षमा अधिवक्ता रामप्रसाद चौधरी विजयी भएका छन्। चौधरीले ५३ मत पाउँदा उनका निकटतम बृहत लोकतान्त्रिक गठबन्धन समूहका अधिवक्ता कामेश्वर यादवले ३९ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक कृपानारायण यादवले बताए।

उपाध्यक्ष पदमा फुलनारायण यादवले ५६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम गठबन्धन समूहका ममताकुमारी चौधरीले ३७ मत पाइन्। सचिवमा प्रमोदकुमार चौधरीले आफ्ना निकटतम प्रजातान्त्रिक गठबन्धन समूहका कमलकुमार यादवलाई २३ मतले पराजित गरे। चौधरीले ५७ मत पाए भने यादवले ३४ मत मात्रै पाए।

कोषाध्यक्षमा प्रगतिशील समूहकी मनु खनाल ५७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम विरेन्द्रप्रसाद चौधरीले ३६ मत प्राप्त गरे। सदस्यहरूमा वीरबहादुर कडारीले ६१ मत, वैद्यनाथ चौधरीले ५५ मत, उमेशनारायण शरणले ५१ मत, राजनारायण यादवले ५० मत र रहमुल मन्सुरीले ४३ मत ल्याई निर्वाचित भएका छन्। निर्वाचित सबै प्रगतिशील समूहकै हुन्।

यस्तै केन्द्रीय पार्षदमा महेन्द्रप्रसाद देव, केशरलाल खंग, बिरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित भएका छन्। सहसचिव पदमा समावेशी प्रगतिशील समूहकी किरण साह निर्विरोध निर्वाचित भइन्। सप्तरी जिल्ला वार इकाई राजविराजमा कुल ९७ मतदातामा ९४ जनाले मतदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.