सप्तरीमा किशोरीमाथि सामूहिक बलात्कार : तीन बालकलाई सुधार गृहमा पठाइयो

सप्तरीमा किशोरीमाथि सामूहिक बलात्कार : तीन बालकलाई सुधार गृहमा पठाइयो

राजविराज : नयाँ वर्ष सुरु भएसँगै सप्तरीको शम्भुनाथमा लागेको मेलामा भएको सामूहिक बलात्कार घटनाका आरोपित तीन नाबालकलाई बिहीबार बालसुधार गृह पठाइएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले उनीहरूलाई बालसुधार गृह वीरगञ्ज पठाएको अदालतले जानकारी दिएको छ ।

सोही घटनाका आरोपित शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल राम भने पुर्पक्षका लागि राजविराज कारागारको थुनामा पुगेका छन् । घटनाका मुख्य आरोपित २० वर्षीय दिपक सरदार भने फरार छन्।

पूर्व–पश्चिम राजमार्गको दक्षिण शम्भुनाथ नगरपालिका–३ स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया बालिकालाई जेठ २ गते आरोपित पाँचजनाले सामूहिक बलात्कार गरेको पीडितले बताएकी छन् । 

पीडितका अनुसार आरोपितहरूले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्व–दक्षिणतर्फ पानी ट्यांकी छेउमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।

घटनाबारे घरपरिवारमा जानकारी गराएपछि पीडितका हजुरबुवाले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

उजुरीका आधारमा सप्तरी प्रहरीले तत्कालै सुरैतलाल र तीन नाबालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गर्‍यो । 

जिल्ला प्रहरीले जेठ ३ गते पीडितको अस्पतालमा स्वास्थ्य परीक्षण गराई उजुरी दर्ता गरेको थियो ।

जिल्ला न्यायाधीश श्रेष्ठको आदेशमा आरोपितमध्ये सुरैतलाल पुर्पक्षका लागि थुनामा र अन्य तीन नाबालक बालसुधार गृह पठाउने आदेश भएको अदालतले जानकारी दिएको छ ।

एक आरोपित फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.