गाँजा ओसारपसार बढ्यो

गाँजा ओसारपसार बढ्यो

राजविराज : सप्तरीमा गाँजा ओसारपसार कार्य बढेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१    बाट ३ महिनाअघि ७८ किलो अवैध गाँजा बरामद गरेको सशस्त्र प्रहरीले बुधबार १७५ किलो गाँजा बरामद गरेको छ। 

    
हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी व्यारेज चेक प्वाइण्टस्थित पूर्व–पश्चिम लोकमार्गमा सुरक्षा वेश भारदहबाट खटिएको टोलीले १७५ किलो गाँजासहित ३५० किलो अदुवासहितको ट्रक बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ नेतृत्वको टोलीले पूर्वबाट पश्चिम जाँदै गरेको को. १ ख २९२५ नम्बरको ट्रक चेकजाँच गर्दा अवैध समान बरामद भएको हो। चेकजाँचका लागि ट्रक रोक्दा चालक र सहचालक फरार भएका सशस्त्र प्रहरी निरीक्षक तामाङले बताए।
    
बरामद ट्रकसहितको गाँजा र अदुवा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको उनले बताए। भारत निकासीका लागि गाँजा तस्करहरूले सप्तरी, सिरहा, सुनसरीको बाटो प्रयोग गर्दै आएका छन्। भारतीय बजारमा बिक्री गर्ने उद्देश्यले उदयपुर, भोजपुर र आसपासका जिल्लामा उत्पादित गाँजा सस्तोमा किनेर सप्तरीमा सङ्कलन गर्ने कार्यले पुनः तीव्रता पाएको छ। प्रहरीले दिएको जानकारी अनुसार नेपालमा किलोमा गाँजा किन्ने र भारत पुर्‍याइ ग्राममा बिक्री हुने गरेको छ। भारत गाँजा पुर्‍याई महँगोमा बेच्ने गरेको पक्राउ परेकाहरूबाट जानकारी भएको प्रहरीले जनाएको छ। 
    
पक्राउ परेकाहरुले नेपालमा ७-८ हजार रुपैयाँमा एक किलो पाइने गाँजा भारत पुर्‍याउन २५ हजार किलोका दरले बिक्री हुने बताएका छन्। खुल्ला सीमा, सिमावर्ती भारतीय बजारमा बढी मूल्यमा गाँजा बिक्री हुनुले नै तराई जिल्लाको नाकालाई तस्करहरूले रोज्ने गरेका छन्। खुल्ला सीमाको फाइदा उठाउँदै गाँजासँगै सुपारी, छोगडा, स्याउ, मदिरा, केराउको अवैध कारोवार हुने गरेको स्थानीय बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.