मोरङको मनमोहन पोलिटेक्निकलाई सीप प्रमाणिकृत स्विकृती

मोरङको मनमोहन पोलिटेक्निकलाई सीप प्रमाणिकृत स्विकृती

विराटनगर : मोरङको बुढीगंगा–४ हात्तीमुडास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक क्याम्पस मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति पाएको छ।  

केन्द्रीय सीप परिक्षण केन्द्रको स्विकृतीमा मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति प्राप्त गरेको हो। सीप परिक्षण केन्द्रका रुपमा मान्यता पाएपछि बिहिबार मनमोहन पोलिटेक्निकले शिक्षक र कर्मचारीहरुलाई सवलीकरणका निम्त्ति मानव संशाधन विकासबारे अभिमुखीकरण समेत गरेको छ। पर्याप्त भौतिक पूर्वाधार र दक्ष जनशक्ति लगायतका बिशेषताका कारण मनमोहन पोलिटेक्निकले सीप परिक्षण प्रमाणिकरणको अनुमति प्राप्त गरेको कलेजका प्राचार्य इ. सुदीप अधिकारीले बताए।

मनमोहन प्राविधिक विश्वविद्यालयका सभा सदस्य सत्यनारायण चौधरी सीप परिक्षण अनुमति प्राप्त भएसँगै पोलिटेक्निकको ख्याती झन बढेर गएको बताउँछन्। सीप परिक्षण गर्ने स्विकृती प्रदान गरेर केन्द्रीय परिक्षण केन्द्र र प्रदेश १ सरकारले गुन लगाएको उनको भनाई छ।

शुक्रबार प्रमाणिकृत सीप परीक्षण सबलीकरणका निम्त्ति प्रदेश १ सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत गोपालप्रसाद दाहाल, सिटिईभिटीका प्रदेश १ निर्देशक शिवप्रसाद दाहा र सीप विज्ञ सिपी तिम्सिनालगायतले पोलिटेक्निकका कर्मचारी र शिक्षकहरुलाई अभिमुखिकरण गराएका थिए।

प्रदेश १ मा भने मोरङको मनमोहन पोलिटेक्निकसँगै इलामको रत्नवान्तवा र भोजपुरको सुम्निमा केन्द्रले समेत सीप परीक्षण गरी प्रमाणीकरणको स्विकृति प्राप्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.