जिसस सप्तरीको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

जिसस सप्तरीको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

राजविराज : जिल्ला समन्वय समिति सप्तरीको आइतबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन निर्वाचित भएको छ। कांग्रेस, लोसपा, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) गठबन्धनबाट कांग्रेसका शिवनारायण साह प्रमुख पदमा निर्वाचित भएका हुन्। प्रमुखका लागि साहले २३ मत ल्याए भने निकट्तम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका छेदी अरगरिया यादवले ११ मत ल्याए।

प्रमुखमा निर्वाचित ४२ वर्षीय साह राजविराज नगरपालिका–७ बाट २८५ मत ल्याएर सदस्यमा निर्वाचित भएका थिए।

नौं सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनमा अर्कोतर्फ जसपा, नेकपा (एमाले) र नेकपा (माओवादी) को गठबन्धन बनेको थियो। यसैगरी उपप्रमुखमा लोसपा नेपालका शम्भुकुमार यादव २० मत ल्याएर निर्वाचित भएका छन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवकान्त चौधरीले १४ मतमा चित्त बुझाएका छन्।

महिला सदस्यमा जनमत पार्टीकी प्राणवतिदेबी सरदार २३, नेकपा (एकीकृत समाजवादी) की सबीताकुमारी साह २३ र कांग्रेसकी रन्जिताकुमारी चौधरी थारुले २२ मत ल्याएर निर्वाचित भए। उनीहरुका प्रतिस्पर्धी जसपाकी आशाकुमार तामाङले १४, आशादेबी झा र एमालेकी वैजनाथ देबी थरुनीले १२ मत ल्याए।

अन्य सदस्यमा जनमत पार्टीका बदिलाल यादवले २४, कांग्रेसका जागेश्वर यादवले २३ र लोसपाका सत्यनारायण मण्डलले २० मत ल्याएर निर्वाचित भएका छन्। उनीहरुका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गुल्टेन यादवले १४, एमालेका जौनिदिन मियाँ चुरौटेले १२, रबिन्द्रनाथ चौधरीले १० मत ल्याए। जसपाका अवधेश मुखियाको १ मत हात पारे।

अन्तिम समयमा कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिरिएको माओवादीका गुल्टेन यादवका लागि जसपा नेतृत्वको गठबन्धनले जसपाका अवधेश मुखियालाई मत नखसाउने निर्णय गरेको थियो। दलित वा अल्पसङ्ख्यक सदस्यमा नेकपा (एस)का बौहरी भगतले २३ मत ल्याएर निर्वाचित भए। उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका बलदेब बाँतरको १३ मत आएको छ।

प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष मतदाता रहेका जिल्ला समन्वय समितिको निर्वाचनमासमेत केही मत बदर भएको छ। १८ वटा स्थानीय तहमा ३६ मत रहेको सप्तरी जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुखमा २, उपप्रमुखमा २, महिला सदस्यमा २ र अन्य सदस्यमा ४ मत बदर भएको छ।

अठार वटा स्थानीय तहको ३६ मत रहेको जिल्लामा कांग्रेसको १२, जसपाको ८, लोसपाको ५, एमालेको ४, जनमत पार्टीको ३ तथा नेकपा (एस) र माओवादीको २/२ मत रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.