वर्षाका कारण खप्तडछान्नाको एक विद्यालय बन्द

वर्षाका कारण खप्तडछान्नाको एक विद्यालय बन्द

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेको जडारिगाड खोलाको बहाव बढेर हिड्ने बाटोसमेत बगाएपछि आवतजावतमा समस्या भएको भन्दै खप्तडछान्ना गाउँपालिका-२ खाती गाउँको एक विद्यालय १ हप्तादेखि बन्द गरिएको छ।

खप्तडछान्ना गाउँपालिका-२ खाती गाउँमा रहेको जगदम्बा आधारभूत विधालय गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको अलिरल वर्षासँगै आएको बाढीले विद्यालय बगाउँदा रुखको छहारीमा पठनपाठन गर्ने गरेको भएपनि पछिल्ला दिनहरुमा पानी पर्ने र खोलाको बहाव बढेर विद्यार्थीलाई विद्यालय आउन समस्या हुने भएकाले बर्खे विदा अर्थात साउनसम्म बिदा दिएको जगदम्बा आधारभूत विधालयमा कक्षा ८ मा अध्ययनरत छात्र शिवराज खत्रीले बताए। वर्षा कम नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो।

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उतम रोकायाका अनुसार लगातरको वर्षाले सडकहरु भत्केका कारण बालबालिकाहरुलाई हिँड्डुलमा समस्या हुनसक्ने र विध्यालयको भवनसमेत गत सालको बाढीले बगाएपछि विद्यालयमा बर्खे बिदा दिइएको हो।

हाल विध्यार्थीहरुको पठनपाठनका लागि अस्थायी टहरा निर्माण गरे पनि टिनको टहरा भएकाले पठनपाठन गर्दा वर्षा आएपछि टिनको आवाजले पठनपाठन अवरुद्ध हुने भएकाले विधालय बन्द गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.