सप्तरी : ६ महिनामा ४४ घटना

सप्तरी : ६ महिनामा ४४ घटना

राजविराज : सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले होस्टाइलको बढ्दो प्रवृतिले न्याय सम्पादनमा असर परेको बताएका छन्।

सप्तरीमा इन्सेकद्धारा ६ महिनाको अवधिमा संकलित मानव अधिकार उल्लंघनको घटना सार्वजनिकिकरण कार्यक्रममा बोल्दै न्यायाधीश श्रेष्ठले सो कुरा बताएका हुन्। उजुरी र अनुसन्धान तथा अदालतमा फरक बयान हुनाले निर्दोष फस्ने र दोषी उम्किने भय उत्पन्न भएको श्रेष्ठले बताए।

सप्तरीका सिडिओ जनार्दन गौतमले चित्त नबुझ्ना साथ कार्यालयमा तालाबन्दी र सडकअवरुद्ध गरिहाल्ने परिपाटीले अन्तत सेवाग्राही जनताकै मानव अधिकार उल्लघंन भइरहेको बताए। फैसला गर्दा न्याय हुने कुरामा अत्यन्त सजग रहनुपर्ने बताएका गौतमले नागरिकमा चेतना बढे सरोकारवाला जिम्मेवार बन्ने अनि मात्र शान्ति, न्यायपूर्ण र सभ्य समाज निर्माण हुने बताए।

इन्सेक सप्तरीले सन २०२२ को जुनसम्मको ६ महिनाको अवधिमा अभिलेख गरिएको ४४ घटना सार्वजनिक गरेको हो। बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई २०७८ माघ २१ गते आगो लगाइ हत्या गरेको घटनामा देवर २१ वर्षीय परमेश्वर साह असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको घटना अभिलेख गरिएको छ।

यस्तै सुरुङ्गा नगरपालिका–२ घुमाउने चौरीकी ४३ वर्षीया देबकुमारी सदाको हत्या आरोपमा उनका श्रीमान ४९ वर्षीय अगहनु सदा ५० हजार रुपैयाँ धरौटी राख्न नसकेर चैत २२ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा रहेको घटनासमेत अभिलेख छ।

यो वर्ष गैरराज्यबाट ३ ओटा हत्याका घटनामा २७ र ३५ वर्षका दुई दलित र २५ वर्षका एक मुस्लिम समुदायका युवकको हत्या भएको घटना अभिलेख छ। तीन ओटा हत्याका १६ आरोपितहरू मध्ये पुर्पक्षका लागि थुनामा २ जना, धरौटीमा रिहा ३ जना, बालसुधार गृहमा १ जना र पक्राउ पुर्जी जारी भएका १० जना छन्। नवजात शिशुको हत्या घटनामा शव फाल्नेको पहिचान हुन सकेको छैन।

प्रतिवेदनअनुसार बालिका बलात्कारको १० घटनाका आरोपित १५ जनामध्ये ५ जना पुर्पक्षका लागि थुनामा, ५ जना बालसुधार गृहमा, २ जना हालै पक्राउ र ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

इन्सेक सप्तरीका अनुसार महिला बलात्कारका ३, बलात्कार प्रयासका १, बहुबिवाहको ५, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत ४, घरेलु हिंसाको ३, अमानविय व्यवहार, गर्भपतन, मानव बेचबिखन, अपहरण उद्योग, अभद्र व्यवहार, धम्की र झडपको १/१ घटना अभिलेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.