मिटरव्याजी दिदीभाइ थुनामा

मिटरव्याजी दिदीभाइ थुनामा

राजविराज : प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सप्तरीका मिटरब्याजी रामदेव साहको छोरा र छोरी बुधबार कारागारमा थुनामा पुगेका छन्।

सप्तरी जिल्ला अदालतका न्यायाधीश सुर्यनाथ प्रकाश अधिकारीको इजलाशले नन्दकिशोर साह र अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको अदालतले जनाएको छ।

सुनसरीको धरानबाट नन्दकिशोर पक्राउ परेको दुई दिनपछि जेठ २८ गते काठमाडौं गौशालाबाट अनुराधा पक्राउ परेकी थिइन्। प्रधानमन्त्रीले निर्देशन दिएपछि मात्र आरोपितहरुलाई पक्राउ गर्न नेपाल प्रहरी सकृय भएको थियो र ठगी तथा अपराधिक विश्वासघात मुद्दामा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले उजुरी दर्ता गरेको छ।

उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडितको उजुरी दर्ता गर्न परमादेश दिए पनि उजुरी दर्ता भएको थिएन। प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरव्याजी रामदेवलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन दिएपछि प्रहरी सकृय भई उजुरी दर्ता गरेको हो। पीडितहरूले तीन महिनाअघि नै उजुरी दिए पनि बेवास्ता गर्दै आएको सप्तरी प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन पछि कारोबारीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो।

न्यायका लागि गत मङ्सिर १२ गते पुगेकी पीडितलाई जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कल्याणपुर पठाए पनि कल्याणपुर प्रहरीले ढिलो भएको भन्दै उजुरी लिन नमानेको पीडितहरुले बताए। पीडितले मङ्सिर १३ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएकोमा कारबाही अगाडि नबढेपछि पुस २१ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशका लागि निवेदन दिएका थिए।

कारबाही अगाडि बढेपछि सप्तरीमा मिटरब्याजीहरुबाट पीडितहरु क्रमशः सार्वजनिक हुँदै गएको र कारबाहीको उजुरी थपिदै गएको छ।

सप्तरीको खडक नगरपालिका-७ स्थित कल्याणपुर घर भएका रामदेवसहित उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाती चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साहलगायत हालसम्म पक्राउ पर्न सकेका छैनन्। घर व्यवहार खर्च प्रयोजनका लागि ऋण दिँदा चर्को व्याज असुल्ने साह परिवारविरुद्ध ठगी तथा विश्वासघात मुद्दा दर्ता भएपछि उनी फरार छन्।

ऋणीको जग्गा आफ्नो परिवारको नाममा रजिष्ट्ररी गरेरमात्र ऋण दिने गरेका साहले मिटरब्याजमा चर्को रकम असुल्नुका साथै जग्गासमेत कब्जा गरेको आरोप छ। परिबन्धमा परेका विपन्नलाई ऋण दिएर जग्गा आफ्नो नाममा ल्याउने गरेका साहले चर्को व्याज असुले पनि फिर्ता नगरेको भन्दै १७ जनाले उजुरी दिएका छन्।

पीडितहरुका अनुसार घर खर्च समेतको व्यवहारिक प्रयोजनको लागि आवश्यक परेको ऋण दिने साहले ऋणीहरुबाट धितोस्वरुप मालपोत कार्यालयबाट आफ्नो तथा परिवारको नाममा जग्गा राजिनामा लिखतबाट पास गर्ने गर्दथे। ऋण चुक्ता भएपछि जग्गा फिर्ता गर्ने गरी साहले मालपोत कार्यालय सप्तरीबाट राजीनामाको लिखत गरी पास गरेकोमा व्याजसहित साँवा रकम असुले पनि जग्गा फिर्ता नदिएको उनीहरुको आरोप छ।

उजुरी दिनेहरुले ऋण लिएको रकम तथा सोको व्याज समेत तिरी चुक्ता गरी सके पश्चात पनि लामो समयदेखि जग्गा फिर्ता नगरेको आरोप लगाएका छन्। आरोपितहरुले भने जग्गाबापतको तत्कालिन मूल्य लिएर जग्गा रजिष्ट्ररी गरेको बताएका छन्।

गत सोमबार अदालतमा अभियोजन पत्र दायर भएदेखि नै उजुरीकर्ताहरुले अदालत अगाडि प्लेकार्डसहित धर्ना बसेर मिटरव्याजी साहविरुद्ध प्रदर्शन गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.