बुढीगंगाको निर्वाचन सम्पन्न, मतगणनाको तयारी

बुढीगंगाको निर्वाचन सम्पन्न, मतगणनाको तयारी

बाजुरा : बुढीगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बीच सम्पन्न भएको छ। १९ वटा मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ बजे सम्मपन्न भएको मुख्य निर्वाचन कार्यलयले जनाएको छ।

बुढीगंगामा १३ हजार ६ सय ५९ मतदाता छन्। कूल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए। बैशाख ३० गते भएको निर्वाचनमा भने ७५.५८ प्रतिशत मत खसेको थियो।

बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झड्प हुन नदिन हवाइ फायर गरेको थियो। अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। 

त्रिशक्ति माबि मतदान केन्द्रमा नेकपा एमाले र गठबन्धनमा तर्फबाट उम्मेदवारबीच दोहोरो झडप हुँदा ३५ मिनेट मतदान रोकिएको थियो। दोहोरो झडपमा गठबन्धनका तर्फका उम्मेदवार भरत थापा र मतदाता सीता थापालाई सामान्य चोट लागेको छ।  

चोट लागेका दुबै जनालाई स्थानीय मतदान केन्द्रमा रहेका स्वाथ्यकर्मीको टोलीले सामान्य उचारपछि पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताए।

निर्वाचन सम्मपन्नपश्चात १९ वटै मतदान केन्द्रबाट मतपेटिका पालिकामा ल्याउने काम भइरहेको छ। मतपेटिका पालिका पुगिसकेपछि सर्वदलीय बैठक बसाएर बैठकको सहमतिको आधारमा मतगणना आज रातिदेखि गर्ने वा भोलि बिहानदेखि गर्ने निर्णय हुने मुख्य निर्वाचन कार्यालयले जानकारी गराएको छ। 

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए। 

नगर प्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन्। कांग्रेसका उम्मेदवार खातीलाई गठबन्धनको समेत समर्थन छ। वैशाख ३० मा निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो। 

बैशाख ३० मा भएको निर्वाचनमा बुढीगंगाका १० वडा मध्ये ६ वटामा विवाद भएको थियो। वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ थियो। २, ३, ५ र ९ वडाका मतदान स्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए। यी ६ वटै वडाका मतदान स्थलमा झडप, उम्मेदवार माथि कुटपिट र मतदाता लखेटिएका थिए।

नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो। एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा प्रहरी मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए। तर कांग्रेसले कब्जा गरेको भनिएका ७ र ९ मा प्रहरीले संरक्षण गरिरहेको थियो।

बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो। निर्वाचन आयोगले नगरपालिकाको चुनाव स्थगित गरेर पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.