बूढीगंगामा ६६.८३ प्रतिशत मतदान

बूढीगंगामा ६६.८३ प्रतिशत मतदान

बाजुरा :  बुढीगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाबीच सम्पन्न भएको छ। पालिकाका १० वटा वडाका १९ वटा मतदान केन्द्रमा निर्वाचन बिहान ७ बजेबाट सुरु भएर साँझ ५ बजे सम्पन्न भएको मुख्य निर्वाचन कार्यलय बाजुराले जनाएको छ।

बुढीगंगा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन्। कुल मतदाताको ६६।८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले वताए । बैशाख ३० गते भएको निर्वाचनमा ७५।५८ प्रतिशत मत खसेको थियो।

बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झडप हुन नदिन हवाइफायर गरेको थियो। अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । त्रिशक्ति मावि मतदान केन्द्रमा नेकपा एमाले र गठबन्धनका तर्फबाट उम्मेदवारबीच झडप हँुदा ३५ मिनेट मतदान रोकिएको थियो। झडपमा गठबन्धनका तर्फबाट उम्मेदवार भरत थापा र मतदाता सिता थापालाई सामान्य चोट लागेको छ। चोट लागेका दुबै जनालाई स्थानीय मतदान केन्द्रमा रहेका स्वाथ्यकर्मीको टोलीले सामान्य उपचारपछि निर्वाचन पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताए। 

निर्वाचनपश्चात् १९ वटै मतदान केन्द्रबाट मतपेटीका पालिकामा ल्याउने काम भइरहेको छ। मतपेटिका पालिका पुगिसकेपछि सर्वदलीय बैठक बसाएर सहमतिका आधारमा मतगणना बिहीबार रातिदेखि गर्ने वा भोली बिहानदेखि गर्ने निर्णय हुने मुख्य निर्वाचन कार्यालयले जानकारी गराएको छ। बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा १ सय भन्दा बढी सुरक्षाकर्मी परिचालित थिए। १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ। नगर प्रमुखमा नेपाली काँग्रेसबाट रंगबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन्। कांग्रेसका उम्मेदवार खातीलाई गठबन्धनको समेत समर्थन छ।

 बैशाख ३० मा भएको निर्वाचनमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो। वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.