स्याउ टिपेर बुबाको उपचार गर्ने संगिताको सपना अधुरै

स्याउ टिपेर बुबाको उपचार गर्ने संगिताको सपना अधुरै

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका-७ जिल्लीका १४ वर्षीया संगिता चदाराको जीवनमा एक साता पहिले ठुलो बज्रपात पर्‍यो।  एक साता पहिले उपचार गर्न नसक्दा उनको बुबाले ज्यान गुमाए। 

केही समय पहिलेसम्म स्याउ टिपेर बुबाको उपचार गर्ने  उनको सपना थियो। उनलाई अहिले गाउँमा मागेर आफ्ना भाइबहिनीलाई पाल्नपर्ने अवस्था आइलागेको छ। 

संगिताका बुबा हरिभानेको एक हप्ता अगाडि उपचारको क्रममा भारतको सिम्लामा मृत्यु भएको हो। उपचारको अभावले बुबाले ज्यान गुमाएपछि अहिले उनीहरू पीडामा छन्। 

उनको बुबाको मृगौला सुनिएपछि जिल्ला अस्पताल बाजुरामा १५ दिन राखिएको थियो तर रोग पत्ता लागेन। 

जिल्ला अस्पताल बाजुराले बयालपाटा अस्पतालमा रिफर गर्यो। त्यहाँ पनि रोग पत्ता नलाग्दा बयालपाटा अस्पताल त्यसपछि सेती अञ्चल अस्पताल र काठमाडौंको शिक्षण अस्पतालसम्म पुर्‍याइएको थियो। त्यहा मृगौला फेल भएको थाहा भयो तर उपचार गर्न पैसा भएन। 

नेपालमा उपचार गर्न नसक्दा छोराछोरीसहित उनी भारतको सिम्ला गएका थिए। 'अलि सञ्चो भएको बेला बुबाले पनि स्याउ टिप्ने गरेका थिए। दुई हप्तादेखी निकै थलापरे पछि अस्पताल भर्ना गर्‍यौं। तर बुबालाइ बचाउन सकिएन् संगिताले भनिन्। 

नेपालमा उपचार गर्दा ठिक नभएपछि चारवटै छोराछोरी लिएर हरिभाने भारतको सिम्ला गएका थिए। 'बुबाको मृर्गौलामा समस्या भएर काठमाण्डौमा उपचार हुन नसकी भारत गएका थियौ', संगिताले भनिन्।

त्यहाँ संगिताले स्याउ टिप्ने काम गर्थिन्। 'त्यहिँ पैसाले बुबाको उपचार गरिहेका थियौं', उनले भनिन्, 'बुबाको पनि उपचारका क्रममा मृत्यु भयो अनि हामी बिचल्लीमा पर्‍यौं। 

बुबाको मृत्युपछि उनीहरूलाई गाउँलेको सहयोगमा बाजुरा ल्याइएको छ। आफ्नो घर समेत नभएका उनीहरू अहिले गाउँलेको घरमा बसिरहेका छन्।  'अहिले मागेर खाने गरेका छौं', संगिताले रुँदै बताइन्। 

गाउँमा रहेको लक्ष्मी माविमा रमिता कक्षा ३ र बिवेक कक्षा २ मा पढ्दै थिए। उनीहरू गत फागुनमा बुबासँगै विद्यालय छोडेर भारत गएका थिए। 

'बुबालाई सञ्चो हुँदासम्म विद्यालय जाने गरेका थियौं,' उनले भनिन्, 'बुबा नै बिरामी भएपछि विद्यालय छोडेर भारत गएका हौं।' 

आमाको मृत्युपछि घरमा काम गर्नुपर्ने बाध्यताका कारण संगिता विद्यालय छोडेकी थिइन्। उनले भनिन्, 'बुबा हुँदासम्म त केही लाग्दैन थियो। अब कसरी भाइबहिनी पाल्ने चिन्ता भएको छ।'

कुनैबेला चार भाइबहिनी लिएर भिरमा गएर हाम्फालु भन्ने सोच आउने गरेको उनले बताइन्। 'कति दिन मागेर भाइबहिनी पाल्ने हो?' संगिताले रुँदै प्रश्न गरिन्।

बुबाको मृत्युपछि उनीहरू भारतको सिम्लामा अलपत्र परेका थिए। 

गाउँलेको सहयोगमा चन्दा संकलन गरेर उनीहरूलाई नेपाल ल्याएको आफन्त वीरबहादुर बिकले बताए। ६ वर्ष पहिले आमा गुमाएका उनीहरूले एक हप्ता अगाडि बुबा पनि गुमाएपछि उनीहरू अलपत्र परेका छन्। 

अहिले उनले १२ वर्षीया रमिला, ९ वर्षीय विबेक र ६ वर्षीय बिक्रमको हेरचाह गरिरहेकी छिन्। उनले भाइबहिनीको पालनपोषण र शिक्षादिक्षामा सहयोग गरिदिन आग्रह गरेकी छन्।

आफ्नो अभिभावक गुमाएपछि चार भाइबहिनी बिच्चलीमा परेका वडाध्यक्ष धर्मराज पाध्यायले बताए। आमा लक्षुको ६ वर्ष पहिला गाउँकै जंगलमा घास काट्ने बेला भिरबाट लडेर मृत्यु भएको संगिताले बताइन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.