पहिरोले डुम्रे-बेसीसहर-चामे सडक अवरुद्ध

पहिरोले डुम्रे-बेसीसहर-चामे सडक अवरुद्ध

बेंसीसहर : अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोका कारण डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ। तनहुँको डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा नागरिकहरु समस्यामा परेका छन्। 

मंगलबार रातभरि र बुधबार बिहानको भारी वर्षाका कारण ठाउँठाउँमा सडक बगाउनुका साथै पहिरोले सडक पुरेको छ। बेंसीसहर नगरपालिका–१, उदिपुरमा डाइभर्सन सडक बगाउँदा सडक अवरुद्ध बनेको छ। बेंसीसहर नगरपालिका–६, चनौटे, उत्तीसघारी र खरखरेमा गएको पहिरो हटाइएको छैन। बेसीसहरदेखि चामेसम्म विभिन्न स्थानमा पहिरो गएको स्थानीयले बताएका छन्।

ठाउँ-ठाउँमा गएको पहिरोका कारण सवारीसाधन चल्न सकेको छैन। पैदल यात्रुहरुलाई समेत हिँडडुल गर्न समस्या भएको छ। पहिरोले गर्दा जिल्लाका ग्रामीण भेगमा रहेका अधिकांश सडक अवरुद्ध भएका छन्।

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण डुम्रेदेखि बेंसीसहर हुँदै मनाङ जोड्ने सडक ठाउँ-ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ। डुम्रे–बेंसीसहर सडकखण्ड खुल्ने र बन्द हुने भइरहेको छ। 

बेसीसहर चामे सडकको उत्तिसघारी र खरखरेमा गएको पहिरो एक महिनादेखि पन्छाउन सकिएको छैन्। पहिरो पन्छाउन नसक्दा ठुला सवारी साधन चल्न सकेका छैनन् भने साना सवारी साधन बेसीसहरदेखि बाझाखेत, लेते, सिमलचौर हुँदै भुलभुले निस्कने बैकल्पिक बाटो हिँडेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.