लमजुङको धानबालीमा खपटे किराको प्रकोप

लमजुङको धानबालीमा खपटे किराको प्रकोप

बेंसीसहर : लमजुङको विभिन्न स्थानमा लगाइएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ।

असार पहिलो हप्ता रोपिएको धानबालीमा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले बताएका छन्। 

विशेषगरि बेसीशहर नगरपालिका-११ रामचोक फाँट, सुन्दरबजार नगरपालिकाको वडा नं. ६ र १० का फाँटहरूमा खपटे किरा (राइस हिस्पा) को प्रकोप देखिएको छ। किराका कारण धानबाली सुक्न थालेपछि किसानहरू चिन्तित भएका छन्।

खपटे किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाह अनुसार धानवालीमा विषादी छर्किएको छ।  कृषि ज्ञान केन्द्र र बेसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक टोलीले प्रकोप भएको स्थानमा अनुगमन गरेर विषादी प्रयोग गर्न किसानलाई सल्लाह दिएका हुन्।  

किराको प्रकोप नियन्त्रणका लागि आवश्यक विषादी कृषि ज्ञान केन्द्रमा नभएकाले नगरपालिकाको सहयोगमा किसानहरूलाई विषादी उपलव्ध गराइएको छ। 

रामचोक फाँटको करिब एकसय रोपनी धानवालीमा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ।

खपटे किराको प्रकोपले भर्खर रोपेका कलिला धानको पात खाएर विरुवा नै सुक्ने, किराले धानको गुभो खान लागेपछि धानबाली नष्ट हुने समस्या देखिएको कृषि प्रसार अधिकृत किरण सापकोटाले जानकारी दिए।

ज्ञान केन्द्रका अधिकृत विजय पौडेलका अनुसार प्राविधिक टोली खेतबारीमै पुगेर धानवाली अवलोकन गरी किरा प्रकोप र यसका उपचार विधिका बारेमा किसानलाई जानकारी गराएका  थिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.