दोर्दीका किसानलाई बाँदर धपाउन बन्दुक

दोर्दीका किसानलाई बाँदर धपाउन बन्दुक

बेंसीसहर : लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक विरतण गरिएको हो।

वडामा १४/१४ वटाका दरले १ सय २६ थान बन्दुक वितरण गरिएको छ। राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिबन्दुक दुई हजार सात सयमा खरिद गरेर कृषकलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नु परेपछि बन्दुक उपलब्ध गराएको उनले बताए।

'बाँदरले खेतीबाली खाइदिएपछि कृषकहरू चिन्तित थिए। बाँदर धपाउन सजिलो होस भनेर पहिलो चरणमा १ सय २६ बन्दुक बाँडेका छौँ', अध्यक्ष अधिकारीले भने, 'यसको उपयोगिता राम्रो देखियो भने, पछि अरू पनि वितरण गर्ने योजना बनाएका छौँ।' 

अन्न, तरकारी, फलफूललगायत बालीनाली बाँदरले सखाप पारेपछि त्यहाँका किसान हैरान छन्। बाँदरले आतङ्क मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन्। टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन्। बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको दोर्दीका किसानहरूले बताएका छन्।

फलामको पाइप प्रयोग गरी बनाइएको बन्दुक कृषकहरूले सजिलै चलाउन सक्छन्। यस मेसिनबाट निस्कने आवाजबाट खेतबारीमा अन्नबाली नोक्सान गर्न आएका बाँदरलाई तर्साई भगाउन सकिन्छ। मेसिनको प्रयोगले बाँदर नमर्ने केवल आवाजको कारण तर्सेर भाग्ने हुँदा प्रचलित वन्यजन्तु संरक्षित ऐन प्रतिकुल नभएको दोर्दी गाउँपालिकाका प्राविधिक नरहरि घिमिरेले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.