प्रदेश १ : 'थरुहट प्रदेश' नामकरणको माग गर्दै सभामुखलाई ज्ञापनपत्र

प्रदेश १ : 'थरुहट प्रदेश' नामकरणको माग गर्दै सभामुखलाई ज्ञापनपत्र

विराटनगर : थरुहट प्रदेश नामकरणको माग गर्दै थारु कल्याणकारिणी सभाले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ।

सभाको मोरङ, सुनसरी, झापा र उदयपुर जिल्ला समितिले संयुक्त रूपमा आइतबार सभामुख भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो। सभामुखलाई ज्ञापनपत्र बुझाउँदै सभाका सुनसरी जिल्ला अध्यक्ष सुरेन्द्रकुमार चौधरीले नेपालको अन्तरिम संविधान, २०६३ जारी भएपश्चात समानुपातिक, सहभागितामुलक लोकतन्त्रको अभ्यासलाई मुलुकले अङ्गीकार गरेपनि थारु समुदायको मागलाई सधैं उपेक्षा गरिएको बताए। 

उनले भने, 'थारु समुदायले आफ्नो माग सम्बोधन गराउनका निम्त्ति विभिन्न कालखण्डमा विभिन्न आन्दोलनहरू गरेको छ। आन्दोलन पश्चात विभिन्न सम्झौताहरू समेत भएका छन्। तर, हाम्रो मागलाई अझै पूरा भएको छैन।'

पहिचानको विषयमा विगतका समयदेखि नै थारु समुदायमाथि सरकारले विश्वासघात गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। विगतमा नेपाल सरकार र थारु संयुक्त संघर्ष समितिबीच भएको सम्झौताको आधारमा प्रदेश १ को नाम 'थरुहट प्रदेश' राख्नुपर्ने जारी विज्ञप्तिमार्फत् माग गरिएको छ।

थारु कल्याणकारिणी सभाद्वारा बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै सभामुख प्रदीपकुमार भण्डारीले नामकरणको विषयमा हुने सर्वदलीय छलफलमा सो विषयलाई समेत सहजीकरण गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.