मोरङमा नेपाली नागरिकता परित्याग गर्ने बढे

मोरङमा नेपाली नागरिकता परित्याग गर्ने बढे

विराटनगर : प्रदेश नम्बर १ मा पर्ने मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै गएको छ।

विविध कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दै गएको हो। 
वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले विदेश जाने बढेपछि नेपाली नागरिकता परित्याग गर्ने बढ्दै गएका कार्यालयले जनाएको छ। 

प्रशासनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ११ जनाले नागरिकता परित्यागका लागि निवेदन दिएका थिए। आर्थिक वर्ष २०७७/७८ मात्र ७ जनाले सो निवेदन दिएका थिए। चालु आर्थिक वर्ष २०७९/०८० को साउनमा मात्रै पाँच जनाले नागरिकता परित्यागका लागि निवेदन दिएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। 

भारतीय नागरिक बन्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको उनले जानकारी दिए। उनले भने, 'झट्ट हेर्दा संख्या थोरै देखिएपनि मुलुकभरि वार्षिक रूपमा भने ८ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन्।'

आर्थिक वर्ष २०७८/०७९ यता नेपाली नागरिकता परित्याग गरेका १६ जनामध्ये १३ जनाले भारतीय नागरिकता पाउनका लागि नेपाली नागरिकता खारेज गर्न निवेदन दिएका कार्यालयले जनाएको छ। प्रशासनका अनुसार यसरी निवेदन दिनेमा १० महिला र ६ पुरुष छन्। 

मोरङबाट आर्थिक वर्ष २०७८/०७९ मा भने १ हजार ३१३ जनाले वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गरेका छन्। वैवाहिक अङ्गिकृत नागरिकता लिनेमा अधिकांश नेपालमा विवाह गरी आएका विदेशी महिला छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.