लागूऔषधसहित दुई युवक पक्राउ

लागूऔषधसहित दुई युवक पक्राउ

बेंसीसहर : जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषध कारोबारमा संलग्न दुई युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। उनीहरूको साथबाट ३ सय ११ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका-८ का ४२ वर्षीय 'कवाडी बमे' भनेर चिनिने बमबहादुर बस्नेत र मर्स्याङ्दी गाउँपालिका-३, बुद्धबजार बस्ने पेटी ठेकेदारको काम गर्दै आएका २९ वर्षीय 'दोर्जे' नामले चिनिने भीमबहादुर तामाङ रहेका छन्।

लमजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलका अनुसार बस्नेत पाँच पटक पक्राउ परिसकेका छन्। 

२०६७ सालयता उनीविरुद्ध लमजुङ प्रहरीले तीन पटक र तनहुँ प्रहरीले एक पटक मुद्दा चलाइसकेको छ। तामाङ भने पहिलोपटक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार तामाङले घरमा लागूऔषध लुकाईछिपाई राखेर बिक्री वितरण गर्दै आएको सूचना प्राप्त भएपछि कोठाको खानतलासी गर्दा लागूऔषध भेटिएको हो। 

तामाङको साथबाट प्रहरीले २ मिलिग्रामको डाइजेपाम एम्पुल ९० थान, फेनरगन ८९ थान बरामद गरेको छ। उनको साथमा रहेको दुईवटा मोबाइल र नागरिकतासमेत बरामद गरेको छ ।

कवाडी संकलन तथा बिक्रीवितरण गर्ने बस्नेतको कोठाबाट २ मिलिग्रामको डाइजेपाम एम्पुल १५ थान, फेनरगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरी निरीक्षक विष्णु विकले बताए।

दुवै जनालाई लमजुङ जिल्ला अदालतबाट एक साताको म्याद थपेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

डिएसपी श्रीमलका अनुसार लागूऔषधसहित पक्राउ परेका तामाङ र बस्नेतविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाइने छ ।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.