सप्तरी घटना : प्रहरीको हातबाट बन्दुक खोसेर जब युवकले बन्दुक तेर्स्याए...

सप्तरी घटना : प्रहरीको हातबाट बन्दुक खोसेर जब युवकले बन्दुक तेर्स्याए...

राजविराज : घर खानतलाशी गर्न स्थानीयले अवरोध गरेपछि सप्तरीको बलान बिहुल गाउँपालिकामा हवाई फायर भएको छ।

तस्करी गरी समान राखिएको घर खानतलाशी गर्न स्थानीयलाई सम्झाउँदा नमानेपछि र प्रहरीमाथि ढुंगामुढा गरेपछि तीन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए।

विहान सादा पोसाकका प्रहरीले बलान बिहुल गाउँपालिका-४ बेल्हीका घुरन साहको घरमा तस्करीका समान राखिएको सूचना दियो। सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नबिन थापा नेतृत्वको टोली बेल्ही पुग्यो।

साहको घर बाहिर स्थानीयले प्रहरी टोलीलाई खानतलाशी गर्न रोक्यो। घरभित्रका मानिसहरुले भित्रबाट ढोका लगाए। समानको पोकाहरु पर्खालबाट बाहिर फाल्न थाले। प्रहरीले समान बाहिर नफाल्न भन्दै रोक्ने प्रयत्न गर्‍यो। तर भित्रबाट कपडाको पोका फाल्ने र बाहिरकाले बटुलेर लैजाने क्रम रोकिएन। यसै क्रममा विवाद बढदै जाँदा प्रहरीले भूइँमा लाठी बजारेर तर्साउन खोज्यो। स्थानीयबासी हातपातमा उत्रे।

स्थिति अनियन्त्रित हुँदै गएको देखेर प्रहरी निरीक्षकको निर्देशनमा प्रहरीहरुले हवाइ फायरको तयारी गरे। सर्ट गन र ३०३ राइफलमा गोली भर्न थाले।

यसैबीच घर पछाडिबाट हातमा मोटो बाँसको लाठी बोकेर एक युवक आइपुगे। उनको टाउकोमा रुमाल बाँधिएको छ, मुखमा मास्क छ। तल ट्रयाक र माथि हाफ भेस्ट लगाएका छन्। भित्रि सेतो गञ्जी भेस्टको मुनिबाट निक्लिएर देखा परेको छ। खुट्टामा चप्पल भिरेका छन्।

हवाइ फायरका लागि महिला प्रहरीलाई बन्दुक थमाएर एक प्रहरी गोली भर्ने तयारी गरिरहेकै बेला ती युवकले महिला प्रहरीको हातबाट बन्दुक खोसे। बन्दुक कहिले आकाशतिर त कहिले भिडतर्फ तेर्स्याए। तीन राउण्ड हवाइ फायरपछि भिड बिस्तारै तितरबतर भयो। त्यसपछि पोसाकमा रहेका प्रहरीले उनीबाट बन्दुक लिए र उनको हातको लाठी सादा पोसाकका व्यक्तिलाई थमाए।

भिड तितरबितर भएपछि सशस्त्र प्रहरी र भन्सार कार्यालय राजविराज तिलाठीको प्रतिनिधिसमेत खटिएर समान बरामद गरेका छन्। ढुङ्गामुढाबाट प्रहरी सहायक हवल्दार शिवशंकर साह, प्रहरीहरु अनीलकुमार बस्नेत र विशाल कुमार मिश्र सामान्य घाइते भएको प्रनाउ काफ्लेले बताए।

बन्दुक उज्याउने र हवाइ फायर गर्ने व्यक्ति सादा पोसाकको प्रहरी नै भएको डीएसपी काफ्लेले बताए। सीडीओ जनार्दन गौतमका अनुसार सादा पोसाकका प्रहरीले बन्दुक चलाउने, उज्याउने काम गर्न नमिल्ने बताए। उनले बन्दुकजस्तो संवेदनशील विषय भएकाले घटनाको छानविन गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.