लमजुङको ढोडेनीबेंसीमा पहिरोले १० घरपरिवार विस्थापित

लमजुङको ढोडेनीबेंसीमा पहिरोले १० घरपरिवार विस्थापित

बेंसीसहर : अविरल वर्षासँगै आएको बाढीपहिरोले लमजुङको दोर्दी गाउँपालिका-६, ढोडेनीबेंसीका १० घरपरिवार विस्थापित भएका छन्। 

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरोले दुई घरमा पुरै क्षति बनाएको छ। अन्य दुई घरमा लेदो पसेको छ भने चार घर जोखिममा छन्। 

पहिरोले १० घरपरिवार विस्थापित बनाउनुका साथै ४० रोपनी खेतबारी नोक्सान बनाएको दोर्दी गाउँपालिका-६, का वडाअध्यक्ष नन्दराज गुरुङले बताए।

स्थानीयका अनुसार करिब डेढसय मिटरमाथि पहराबाट पहिरो खसेको छ। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले विस्तापित बनाएका र जोखिममा पारेकाहरूलाई उद्धार र राहतको काममा जुटेको बताए। 

पहिरोले एउटा बोर्डिङ स्कुलको बस, स्थानीयको ट्याक्टरमा पनि क्षति पुर्‍याएको छ। विद्युतका पोलहरू पनि ढलेका छन्।

पहिरोले दोर्दी गाउँपालिका केन्द्र नौथर शेराबाट सिमीताँजे जाने सडक बन्द भएको छ। सो सडक बन्द भएपछि १२ मेगावाटको दोर्दी १ आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी 'ए' र ५४ मेगावाटको सुपरदोर्दी 'ख' जलविद्युत् आयोजना प्रभावित भएका छन्। 

माथिल्लो क्षेत्रको सिमी, ताँजेलगायतका गाउँ पनि पहिरोले प्रभावित भएका छन्।

यस्तै, सुन्दरबजार नगरपालिका-४, दुराडाँडामा पहिरोले धन्सार भत्किँदा एउटा भैंसी र एउटा पाडो मरेको छ। अर्चल्यानीको पोखरीटाउका भन्ने स्थानमा डिलबहादुर भुजेलको धन्सार पहिरोले भत्काउँदा दुईवटा पशुचौपाया क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.