मोरङ ४ बाट अमनलाल मोदी सर्वसम्मत सिफारिस
विराटनगर : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नं. ४ बाट नेकपा माओवादी केन्द्रले अमनलाल मोदीलाई उम्मेदवार सिफारिस गरेको छ।
उनलाई निर्वाचनका निम्ति प्रत्यक्षतर्फबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो। आइतबार बसेको निर्वाचन क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा निर्वाचनका निम्ति सर्वसम्मत रुपले एकल उम्मेदवार सिफारिस गरेको हो।
बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ भोगेन्द्र यादव, धर्मलाल माझी, सुनिता सरदार, डोल्मा राजवंशी र सोभित चौधरीको नाम सिफारिस गरेको छ।
यसैगरी सोही क्षेत्रको प्रदेशसभाको 'क' मा प्रत्यक्षतर्फ विजय विश्वास थारु, पप्पुलाल चौधरी र मनोज राईको नाम सिफारिस गरिएको छ।
प्रदेशको समानुपातिकतर्फ केवल राय, सुर्यनारायण मुडियारी, ध्यानबहादुर वन, उमालाल मण्डल खवास, कुसन सरदार र झलक भगत सिफारिसमा परेका छन्।
यस्तै, मोरङको क्षेत्र नं. ४ को 'ख' बाट प्रदेशसभामा प्रत्यक्षतर्फ हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, किशोरकुमार पाण्डे र देव राजवंशी सिफारिस भएका छन।
समानुपातिकतर्फ भने सावित्रा अछामी, अन्जना पोखरेल, सावित्रा गौतम, मनकुमारी गिरी गुरागाईं, बिन्दी मिश्र, ज्ञानबहादुर कार्की, आमो पौडेल, अशोक शर्मा, तुलसी आपागाईं, पञ्चु चौधरी, सरस्वती ओझा र इन्द्रकला भट्टराई सिफारिस भएका छन।
प्रतिक्रिया दिनुहोस !