संघीयता सुदृढ बनाउन १६ बुँदे घोषणापत्र

संघीयता सुदृढ बनाउन १६ बुँदे घोषणापत्र

विराटनगर : संघीयता सुदृढ बनाउने उद्देश्यका साथ सातवटै प्रदेशका सभामुखहरूको भेलाले १६ बुँदे घोषणापत्र जारी गरेको छ। धनकुटाको हिलेमा भदौ २१ र २२ गते आयोजित संघीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका विषयक गोष्ठीले सो घोषणापत्र जारी गरेको हो। 

संघीयता प्रवद्र्धनमा प्रदेशसभाको भूमिका र अन्तिम तथा पाँच वर्षे कार्यकालको समीक्षाका निम्ति हिलेमा भेलाको आयोजना गरिएको थियो। भेलामा सातवटै प्रदेशसभाका सभामुख, उपसभामुख र सचिवहरूको सहभागिता थियो। घोषणापत्रमा प्रदेश सरकारको आयस्रोत बढाउनुपर्ने तथा प्रदेश निजामती सेवा र प्रदेश प्रहरी ऐन कार्यान्वनयमा ल्याउनुपर्ने विषयमा विशेष जोड दिइएको छ। जग्गा प्राप्ति, प्रदेशसभा भवन र राजधानीका अन्य अत्यावश्यक संरचना निर्माणलगायतका विषयलाई पनि घोषणापत्रमा समेटिएको छ। घोषणापत्रमार्फत प्रदेशसभालाई कसैको अधिनमा राख्न नहुने र संविधानअनुरूप प्रशासनिक अधिकारको बाँडफाँट चाँडै सुनिश्चित गरिनुपर्ने माग गरिएको छ। यस्तै, प्रदेशसभाको विषयगत समितिहरूको सुझाव र निर्देशन पालना गर्ने संस्कृतिको विकास गर्नुपर्ने, निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउनुपर्ने, प्रदेशमा बढ्दो प्रशासनिक खर्च र अनावश्यक संरचना निमार्णमा रोक लगाउनुपर्ने, स्थानीय तह र प्रदेशको विवाद प्रदेशसभाबाट समाधान गर्ने कानुन निर्माण गरिनुपर्ने विषय घोषणापत्रमा उल्लेख गरिएको छ।

यसैगरी, संघीयता बलियो बनाउन तीनै तहको सरकारको समन्वय समिति हुनुपर्ने, संघीय संसद्मा सबै प्रदेशसभाका सभामुख र उप–सभामुखहरूको सम्पर्क कार्यालय हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारीबीच नियमित अन्तरक्रिया हुनुपर्ने तथा संघीयताको विकल्प नभएकाले नकारात्मक बहसलाई निरुत्साहित गर्न सबै जुट्नुपर्ने विषयमा समेत घोषणापत्रमा प्राथमिकताका साथ ठाउँ दिइएको छ। प्रदेश १ प्रदेशसभाले आयोजना गरेको उक्त गोष्ठीमा भने वरिष्ठ संविधान विज्ञ काशीराज दाहालले संघीयता प्रवद्र्धनमा प्रदेशसभाले खेलेको भूमिका र आइपरेका समस्या तथा चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.