भाषा संस्कृति जोगाउन महोत्सव

भाषा संस्कृति  जोगाउन महोत्सव

विराटनगर : राजवंशी समुदायको भाषा तथा संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ विराटनगरमा दोस्रोपटक 'विराट राजवंशी महोत्सव मेला-२०७९' आयोजना हुने भएको छ।

राष्ट्रियस्तरका कलाकारहरूको सहभागितामा विराट राजवंशी प्रगतिशील विकास समाजले मेलाको आयोजना गर्न लागेको हो। 

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले असोज १० देखि २१ गतेसम्मका लागि मेलाको आयोजना गर्न लागिएको जनाएको छ। आयोजकका अनुसार विराटनगर-८ स्थित हाटखोला चोकको खाली मैदानमा मेला आयोजना हुनेछ। 

मेलामा विराट राजवंशी समुदायको मौलिक खानपान, भेषभुषा र सांस्कृतिक धरोहर लगायतका विषयवस्तु रहनेछन्। 

मेलामा मनोरञ्जनका निम्त्ति झुला, रोटेपिङ, ब्रेक्र डान्स तथा राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक प्रस्तुती समेत रहने जानकारी दिइएको छ। 

मेलामा कूल ६० वटा व्यापारिक स्टलहरू रहने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष किरण राजवंशीले बताए।

आयोजकले १३ सदस्यीय मूल समिति र विभिन्न उप-समितिहरू निमार्ण गरेको छ। ११ दिन चल्ने उक्त मेला विराटनगरसँगै आसपासका विभिन्न स्थानीय तह र भारतीय सीमावर्ती क्षेत्रका सर्वसाधारणहरू गरी एक लाख बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ। 

मेलामा ६० लाख खर्च हुने र करिब ८० लाख बराबरको व्यापार हुने दावी गरिएको छ। 

समाजले यसअघि पनि ११ दिने मेलाको आयोजना गरेको थियो। विराटनगर-५ त्रिमुर्ति चौकस्थित जागृति टोल पश्चिमको खाली मैदानमा आयोजना गरिएको मेला २०७८ चैत ५ देखि १५ गतेसम्म चलेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.