विराटनगरमा 'सिएनआई एक्स्पो-२०२३'

विराटनगरमा 'सिएनआई एक्स्पो-२०२३'

विराटनगर : स्वदेशी उत्पादन प्रवर्द्धनको उद्देश्यसहित मोरङको विराटनगरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रर्दशनी हुने भएको छ।

नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा आगामी माघको तेस्रो साता विराटनगरमा 'सिएनआई एक्स्पो-२०२३' हुने भएको हो। 

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उद्योग परिसंघले प्रर्दशनीबारे जानकारी दिएको छ। आयोजकका अनुसार सिएनआई एक्स्पो माघ १९ गतेबाट सुरु हुनेछ। 

मेलामा कृषि एवं औद्योगिक मेशिनरीहरूको प्रर्दशनी तथा बिक्री वितरण हुनेछ। मेलाले कृषि आधुनिकीकरण, नयाँ प्रविधिको पहिचान, स्वदेशी उत्पादनको प्रर्वद्धन र पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। 

स्थानीय उत्पादनलाई बजारसँग जोडने विषयमा पनि एक्स्पोले विशेष भूमिका निर्वाह गर्ने सिएनआई एक्स्पो-२०२३ का संयोजक राजेन्द्र राठीले बताए।

माघ १९ गतेदेखि २८ गतेसम्म चल्ने एक्स्पो विराटनगर-२ स्थित शंकरपुर मार्गको मैदानमा आयोजना हुने जनाईएको छ। 

विशेष आर्कषणसहित आयोजना हुने एक्स्पो विगतका वर्षहरूभन्दा फरक हुने आयोजकको दाबी छ। आयोजकका अनुसार एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनसहित कुल ३५० स्टलहरू रहने छन्। 

नौ दिन चल्ने एक्स्पोमा नेपालसँगै भारत, चीन, बङ्गलादेश र पाकिस्तानलगायत अन्य विभिन्न मुलुकका उत्पादनहरू बिक्री वितरण हुने छन्। 

मेलालाई आर्कषक बनाउन विविध मनोरञ्जन र सांस्कृतिक कार्यक्रमहरूको समेत प्रबन्ध मिलाइएको जनाइएको छ। 

एक्स्पो करिब साढे तीन लाख बढी उपभोक्ताहरूले अवलोकन गर्ने उद्योग परिसंघको अनुमान छ। परिसंघका अनुसार एक्स्पोमा भने करिब ५० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.