फास्टफुड कि फास्ट डेथ ?
सरकारले दुई वर्षदेखि विद्यालयहरूमा तयारी खाजामा बन्देज लगाएको छ। तर, सूचना र सञ्चारबाट बञ्चित गृहिणीमा थाहापत्तो छैन। सञ्चारमाध्यमले पनि प्राथमिकता दिँदैनन्। कार्यान्वयनमा आएको छैन। तयारी खानाको अत्यधिक प्रयोगले एकातिर बालबालिकाको स्वास्थ्य र आनीबानीमा नकारात्मक असर पारिरहेको छ। अर्काेतिर अभिभावक विशेषतः गृहिणीलाई अल्छी र लाछी बनाएको छ। तयारी खानाका बट्टाले वातावरण प्रदूषण त बढाएको छ नै परम्परागत खानामा लाग्ने परिश्रम, सिर्जना, फाइदा, आर्थिक बचत तथा कम फोहोर उत्पादनमा कमी भएको छ।
जंकफुडले बालबालिकामा मोटोपना वृद्धि मात्रै गर्दैन। उनीहरूको मस्तिष्क वा आई क्यूको स्तरसमेत घटाउँछ। अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार इनर्जी ड्रिंकसमा सफ्ट ड्रिंकसमा भन्दा धेरै बढी क्यालोरी र १४ प्रतिशत बढी कैफिन हुने हुनाले शक्ति र स्फूर्तिका नाममा धेरै बेफाइदा गर्छ। बालबालिका श्रम नगर्ने भएकाले आफूभित्रकै क्यालोरी खपत भइरहेको हुँदैन। बाहिरबाट क्यालोरी थप्दा मोटोपनाको खतरा बढ्छ। दाँतसमेत बिग्रन्छ, मधुमेह र मुटुरोगको खतरा बढ्छ। बेलायतमा भएको खोजले जंकफुडको सेवनले मस्तिष्कलाई चिनी, बोसो र नुनको बढी मात्रामा भएको भोजन लिनलाई प्रेरित गर्छ। नशाको अम्मलजस्तै जंक फुडको अम्मलले च्याप्छ।
नेब्रोस्क–लिंकोन विश्वविद्यालयका खोजकर्ताले स्कुलको खाना वा खाजामा जंकफुड निषेध गर्नाले बच्चाको १८ प्रतिशत मोटोपना हुने बताइएको छ। बेलायतको लन्डन, स्वीडेनको युमिआ विश्वविद्यालयमा गरिएको वैज्ञानिक अध्ययनमा जंकफुड बढी प्रयोग गर्ने महिलामा क्यान्सर हुने संभावना निकै गुणा बढी पाइएको छ। भारतको पन्जाबको खोजमा सम्पन्न बालबालिकामा जंक फुडका कारण रक्तअल्पता देखिएको पुष्टि छ। अमेरिकाको फ्लोरिडास्थित स्क्रीप रिसर्च इन्स्टिच्युटले मुसामा गरेको खोजमा जंक फुडले हिरोइन, कोकिनजस्तै लत बसाउँछ। त्यस्तै बिट्रिस जर्नलमा प्रकासित लेखमा गर्भवती महिलाले जंक फुड सेवन गरे जन्मने बच्चामा पनि लत बस्ने, मोटोपना र मधुमेहको संभावना रहन्छ।
जुन खानामा पौष्टिकता हुँदैन र नुन, चिनी वा वासना बढी हुन्छ त्यसलाई जंकफुड भनिन्छ। कतिपय फास्टफुड जंकफुड हुनसक्छन्। सबै जंकफुड फास्टफुड हुन्। स्वादमा मिठो, पाक्नमा छिटो, राख्नमा सजिलो हुने हुँदा धेरैको रोजाइमा पर्छ। यस्ता खानेकुरा खान पाए दाल, भात, तरकारी खानै मान्दैनन्। बाबुआमाले पनि स्कुले छोराछोरीलाई खाजाका रुपमा यिनै राखिदिन्छन्। जादुको छडीजस्तो देखिने गरी चित्रित यस्ता प्याकेटका मन्द विष जंकफुडले हाम्रो स्वास्थ्य दिनप्रतिदिन बिगार्दै छ। मुटु, कलेजो, मिर्गाैला रोग, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, कोलेस्टेरोल, हृदय तथा मस्तिष्क घात, क्यान्सरसम्मका अनगिन्ती नसर्ने रोगहरू उत्पन्न भइरहेका र बढेको बढ्यै छ।
कुनै पनि तयारी खानालाई धेरै समयसम्म जोगाई राख्न प्रिजर्भेटिभ वा आकर्षक बनाउन रंग तथा खानयोग्य बनाउन एडिटिभ, फ्लेबरिङ एजेन्टजस्ता विभिन्न प्रकारका रासायनिक तत्वहरूको मिसावट हुने भएकाले डब्बा वा प्याकेटमा बन्द तयारी खानाले बेफाइदा गर्छ। अजिनोमोटोले वजन बढाउने, हड्डी गलाउने, टाउको र छातीमा पीडा हुने, मुटुरोग, दम, फुड एलर्जी, अपच, उत्तेजना, मस्तिष्क कोषको नोक्सान, लत बसाल्ने, सास लिन कठिन, घाँटी पछाडि र नाडीमा जलन, वाकवाकी, कमजोरी, हाड, मिर्गौला, कलेजोमा समस्या, ओस्टियोपोरोसिस लगायतका समस्या ल्याउन सक्छ। खानेकुरालाई धेरै तताई वा सेकाई फास्टफुड बनाउँदा तिनको काब्रोहाइडे«ट, प्रोटिन, स्टार्चजस्ता पदार्थ नष्ट भई खानेकुरा पौष्टिकविहीन, अपाच्य र कार्सिनोजन बन्छ।
बढी चिल्लो खाए, उच्च रक्तचाप, हृदयघात जस्ता रोग लाग्ने, एडीपोस तन्तुमा जम्मा भई बोसोको मात्रा बढ्न जान्छ। शरीर मोटो, थिलथिलो भई कुनै पनि रोगले च्याप्न सक्छ। बढी मसलादार, तारेको, भुटेको मासु, खाद्य पदार्थले पनि पेट र आन्द्राका लागि अहितकर एवं क्यान्सर वृद्धिमा सघाउ पुर्याउँछ। आवश्यकताभन्दा बढी ऊर्जा प्राप्त भई जम्मा हँुदा मानिस बेचैन हुने, केही न केही गरिरहने, ध्यान एक ठाउँमा केन्द्रित गर्न नसक्ने तथा चिल्लो पदार्थ बढी भएका कारण राम्रोसँग पचाउन नसक्ने, बोसो लाग्ने, दिमागमा उग्रविचार आउने, ध्वंंसात्मक तथा तोडफोड काम गर्न रुचाउने हुन जान्छ। अत्यधिक ऊर्जा सेवनले शरीरका अंगहरू अनावश्यक रूपमा मोटाउँदै गई उच्च रक्तचाप, मधुमेह, दम, मुटुसम्बन्धी रोग देखिने सम्भावना बढ्छ। अनियमित फास्टफुडले नियमित भोजनको पौष्टिक तत्वलाई समेत बिगार्छ।
नामै इनर्जी वा शक्तिबद्र्धक पेयपदार्थको धेरै प्रयोग घातक हुन्छ किनभने यसमा लठ्याउने लगायतका धेरै रसायन मिसाइएकाले मुटु, मस्तिष्क लगायतमा रोग निम्त्याउँछ। कोकाकोला र पेप्सी जस्ता पेयपदार्थमा खैरो बनाउन मिसाइने रंग कारामेलले शरीरमा क्यान्सर निम्त्याउन सक्ने क्यालिफोर्निया युनिभर्सिटी, अमेरिकाले जनाएको छ। पेयपदार्थ स्वादिलो बनाउन वनस्पति तेलको रूपमा डिएचपी प्रयोग गरिन्छ, जसले मिर्गाेला, फोक्सो, प्रजनन स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै युवामा हर्माेनको सन्तुलन बिगार्छ। लामो समयसम्म पिउँदा क्यान्सर बनाउन सक्छ। रामदेवले कोल्डडिं«ग्सलाई टवाइलेट किल्नर त्यसै भनेका छैनन्। किनभने उक्त पेय पदार्थहरूमा मिसाइने साइक्लोमेट अम्लले पित्तको क्यान्सर, मिर्गाेलाको पत्थरी बनाउँछ। त्यो चर्पी सफा गर्ने झोलमा पाइन्छ।
विश्वास लाग्दैन भने खिया हटाउन, लुगामा लागेका दाग, ग्रिज हटाउन यसको प्रयोग गरेर हेर्न सक्नुहुन्छ। कार्बाेनिक एसिड पनि हुने भएकाले दाँत खियाउने, ग्याष्ट्राइटिस, अम्लियता, पाचन प्रणालीमा नकारात्मक असर पनि निम्त्याउँछ। यसको सेवनले पेट भरिएको जस्तो हुने तर शक्ति बाहेक कुनै पनि पौष्टिक तत्व नपाइँदा कुपोषण, मधुमेह, क्यान्सरजस्ता दीर्घकालीन समस्या र रोग लाग्नसक्छ। जंकफुड नियन्त्रण गर्न नेपालमा कुनै नियम कानुन छैन। नसर्ने रोगका रोकथामका लागि यस्ता खानेकुरा नियन्त्रण हुनैपर्छ। दूध, दुग्धजन्य पदार्थ, धेरै प्रकार र रंगका ताजा हरियो सागपात, रेसादार तरकारी र फलफूल सन्तुलित भोजनका रूपमा अनिवार्य रूपमा दैनिक खाने बानी बसाल्नुपर्छ।
बुढाथोकी नेपाल चिकित्सक संघका कोषाध्यक्ष हुन्।