सप्तरी २ मा उपेन्द्र यादव र सीके राउतबीच ब्याटल सुरु

सप्तरी २ मा उपेन्द्र यादव र सीके राउतबीच ब्याटल सुरु

राजविराज : सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टीका अध्यक्षउपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)ले आइतबार मनोनयन दर्ता गराएका छन्।

यादव र राउतले अपरान्ह साढे ४ बजे जविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता  गराएका हुन्। 

यसअघि २०७४ सालको निर्वाचनमा राजपासँग गठबन्धन गरेर यादवले सोही क्षेत्रबाट संघीय समाजवादी पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका थिए। यादवले २१ हजार ६ सय २० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गठबन्धनका उम्मेदवार उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत ल्याएकाथिए। 

राजपाबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मतल्याई तेस्रो स्थानमा चित्त बुझाएका थिए। ठाकुरले समेत पाँच दलीय गठबन्धनको लोसपा नेपालबाट उम्मेदवारी दिएका छन्। 
राउत नेतृत्वको जनमत पार्टी रअध्यक्ष राउतले भने पहिलो पटक प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा भाग लिएका हुन्।

मनोनयन दर्तापश्चात् जनमत पार्टीका अध्यक्ष राउतले भ्रष्टाचार र ढिलासुस्ती नियन्त्रण, सुशासन, राजनीतिकरुपमा स्वायत्तताको एजेण्डा लिएर चुनावमा होमिएको बताए। आफ्ना कार्यकर्ताले हालसम्म सरकारमा सहभागी हुने अवसर नपाएको भन्दै भ्रष्टाचारमा लिप्त भएमा शून्य सहनशिलताका आधारमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

भ्रष्टाचार नियन्त्रणको लागि कारबाहीको माग गर्ने, अख्तियार दुरुपयोग अनुसन्धानआयोग घेराउ गर्ने आफ्नो पार्टीमात्र रहेको उनको दाबी थियो। मधेस प्रदेशका मुख्य मन्त्रीको हात समातेर किसानले राजविराजमा मल माग्दा एक बोरा मलसमेत उपलब्ध गराउन नसकेको घटना स्मरण गर्दै राउतले भने, 'तर किसानले आन्दोलन गर्दा धनुषामा किसानमाथि गोली प्रहार गर्न भने सक्यो।’

निर्वाचन क्षेत्र बदल्दै जनतालाई झुक्याउँदै आएका उपेन्द्र यादव बाहिरबाट आएका फिरँगी उम्मेदवार भएको तर आफू सप्तरीको माटो, पानीमा हुर्केर बढेको, पढेको र हालसम्म बसेको उनले बताए। 

संघीयता पक्षधर भनेर दाबी गर्नेले संघीयता र गणतन्त्र विरोधीसँग गठबन्धन गरेर जनताको सेवा नहुने उनले बताए। जनताले सुक्ष्म तरिकाले अवलोकन गरिरहेको र मतपत्रमार्फत् जवाफ दिने विश्वास व्यक्त गरेका राउतले स्वच्छ निर्वाचनमासमेत जोड दिए।

मनोनयन दर्तापश्चात् जसपाकाअध्यक्ष यादवले पहिचानसहितको संघीयता, समावेशी लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायप्राप्तिका लागि, विभेद् र असमानता अन्त्यका लागि, प्रगतिशील र विकसित समृद्ध समाज निर्माणका लागि चुनावी अभियानबाट अपेक्षाअनुरुप प्रोत्साहन र ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे।

विचार, सिद्धान्तमा सहमति, असमहति तथा सिटको तालमेल फरक विषय भएको भन्दै यादवले चुनावी तालमेलको कुराले जसपाको अभियानमा फरक नपर्ने बताए। तालमेल गठबन्धन हुनु प्रजातन्त्रको सुन्दरता भएको र सकारात्मक ढंगले लिनुपर्ने उनको ठहर थियो।

सप्तरी २ मा चार स्वतन्त्र उम्मेदवारसहित १६ जनाको उम्मेदवारी परेको मुख्यनिर्वाचनअधिकृतको कार्यालय सप्तरीले जानकारी दिएको छ।

त्यसैगरी सप्तरीको १ बाट नेपाली कांग्रेसका रामदेव साह तेली, जनता समाजवादी पार्टीबाट नवलकिशोर साह सुडी, स्वतन्त्रबाट डा. रोहितकुमार पोखरेलसहित १९ जनाको मनोनयन परेको छ।

सप्तरीको ३ बाट नेकपा (एमाले) का ताराकान्त चौधरी, कांग्रेसका दिनेश यादव, जनमत पार्टीबाट अनिस अनसारीसहित १३ जनाको उम्मेदवारी परेको छ। सप्तरीको ४ बाट कांग्रेसबाट तेजुलालचौधरी, जसपाबाट बालकिशोर यादव, बहुजन शक्ति पार्टीबाट विश्वेन्द्र पासवासहित १७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.