नवौं राष्ट्रिय खेलकुद : आर्चरीका कमसल सामग्री

नवौं राष्ट्रिय खेलकुद : आर्चरीका कमसल सामग्री

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले आर्चरीलाई दिएको खेल सामग्री कमसल र खेल्नै नमिल्ने भएको पाइएको छ। परिषद्ले आइतबार दिएका ७ वटा टार्गेट बोर्डमा एरो छिर्ने भएकाले खेल्नै नमिलेको नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटीले जानकारी दिए।

उनले आफूहरूले मागे अनुरुपको सामान नदिई कमसल र खेल्नै नमिल्ने सामग्री दिएको दाबी पनि गरे। ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३० थान टार्गेट बोर्ड मागेका थियौं। परिषद्ले ७ वटा मात्रै दियो’, महासचिव सिवाकोटीले भने, ‘त्यो पनि निकै कमसल र खेल्नै नमिल्ने।’ उनले टार्गेट बोर्डमा एरो छिरेका कारण १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का बेला ल्याएको टार्गेट बोर्डबाट खेल सञ्चालन गर्नुपरेको बताए। 

‘नयाँ बोर्डमा खेल सञ्चालन गर्न सकिने अवस्था नै छैन। हामीले १३ औं साग र अन्नपूर्ण आर्चरी क्लबको सामग्री सापट मागेर खेल सञ्चालन गरेका छौं’, सिवाकोटीले भने, ‘कमसल सामग्री भएकाले त्यसमा खेल सञ्चालन गर्न सक्ने अवस्था नै छैन। त्यसमाथि अन्नपूर्ण आर्चरी क्लबलाई कुन सामग्री दिने भन्ने चिन्ता पनि थपिएको छ।’ उनले ५० र ७० मिटरको खेल सुचारु भए पनि ३० मिटरको खेल भने प्रभावित भएको बताए।

उनले आफूहरूले मागेजति सामग्री नदिएको भन्दै आइतबार आएका टार्गेट बोर्ड पनि परिषद्लाई नै फिर्ता गरिदिने बताए। ‘हामीलाई आवश्यक पर्ने कुनै पनि सामग्री दिएकै छैन। सेमिफाइनलका खेल सञ्चालन भइसक्दा पनि मागेका सामान पाएका छैनौं। अब उनीहरूले दिएका ७ वटा टार्गेट बोर्ड पनि फिर्ता गरिदिने छौं’, महासचिव सिवाकोटीले भने। उनले टार्गेट बोर्ड ३० थान, १२२ सेन्टिमिटरको टार्गेट फेस दुई सय वटा, ८० सेन्टिमिटरको टार्गेट फेस दुई सय वटा र स्ट्यान्डर्ड ६ रिङको टार्गेट फेस तीन सय वटा मागे पनि कमसल र कामै नलाग्ने ७ वटा टार्गेट बोर्ड मात्रै दिएर झारा टार्ने काम 
मात्रै भएको बताए।

खेल सामग्री तथा पोसाक खरिद उपसमितिका संयोजक अञ्जन धमलाले अनलाइन टेन्डरमार्फत सामान खरिद गरिएकाले आफूहरूले हेर्न नपाएको बताए। ‘हामीले अनलाइन टेन्डरमार्फत सामान खरिद गरेका हौं। अहिले पनि कतिपय सामान स्टोरमै छन्’, उनले भने, ‘हामीले अहिलेसम्म हेर्न पनि पाएका छैनौं। तोकिएको मापदण्ड अनुरुप नभएका सामग्री फिर्ता गरेर नयाँ ल्याउने छौं।’   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.