बाजुरामा कांग्रेस कार्यकर्ताको कुटपिटबाट अनेरास्ववियुका नेताको मृत्यु

बाजुरामा कांग्रेस कार्यकर्ताको कुटपिटबाट अनेरास्ववियुका नेताको मृत्यु

बाजुरा : बाजुरामा कांग्रेसका कार्यकर्ताले अनेरास्ववियुका नेताको हत्या गरेका छन्। त्रिबेणी नगरपालिका-७ का अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको हो। 

निर्घात कुटपिट भएका अयडीको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डाक्टर मन्दिप पाठकले जानकारी दिए। त्रिबेणी-७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यक्रताहरुले चेतनको घरमै गएर कुटपिट गरेर हत्या गरेका हुन्। 

उनी घरभित्र रहेको समय घरबाट निकालेर निर्घात कुटपिट गरेका थिए । कुटपीटपछि घाइते अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै अयडीलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्। 

डाक्टर पाठकका अनुसार अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । अयडीको शब अहिले बयलपाटा अस्पतालको शवगृहमा राखिएको छ ।

त्रिबेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएपश्चात विवादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानीय सञ्जिब अयडीको मृत्यु भएको थियो। सञ्जिब अयडीको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.