मोरङ ६ मा शेखर कोइरालाको अग्रता कायमै
विराटनगर : मोरङको निर्वाचन क्षेत्र नं. ६ को प्रतिनिधिसभातर्फको मतगणनामा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले अग्रता कायम राखेका छन्।
हालसम्म १६०० मतगणना हुँदा कोइरालाले १६७ मतले अग्रता कायम राखेका हुन्। आफ्ना प्रमुख प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले ५१७ मत प्राप्त गर्दा कोईरालाले ६८४ मत प्राप्त गरेका हुन्।
विराटनगरस्थित आर्दश माविमा अहिले क्षेत्र नं. ६ को मतगणना भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !