प्रदेशसभामा जनमतको दोस्रो जित

प्रदेशसभामा जनमतको दोस्रो जित

सप्तरी : सप्तरीको क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यमा जनमत पार्टीका अर्का उम्मेदवार सतिशकुमार सिंहले पनि विजय हासिल गरेका छन्। 

सप्तरीको प्रदेश सभा २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंहले १६ हजार ७३४ मत ल्याएर विजय हासिल गरेका हुन्। जसपाका शैलेन्द्रप्रसाद साहले ८ सय २९२ मत ल्याए। 

निकटतम प्रतिद्वन्द्वी साह मधेस प्रदेश सरकारका अर्थमन्त्री हुन। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका सरोजकुमार मण्डलले ६ हजार १३२ मत ल्याए।

तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष सिंह स्थानीय तह २०७९ को निर्वाचनमा कांग्रेसका अरुणकुमार मण्डलसँग भारी मतले पराजित भएका थिए। 

मण्डलले ५ हजार ४५७ मत ल्याएर विजयी हुँदा सिंहले ३ हजार ५७५ मत मात्र ल्याएका थिए। लोसपाबाट सरोजकुमार मण्डलले उम्मेदवारी पाउने भएपछि सिंह लोसपाबाट जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका थिए।

जनमत पार्टीको प्रदेश सभा सदस्यमा यो दोस्रो जित हो। यसअघि सप्तरी २ (२) बाट जनमत पार्टीका महेश प्रसाद यादवले १३ हजार ३२५ मत ल्याएर खाता खोलेका थिए।

सप्तरी २ को प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो मत गणना अनुसार उनले १६ हजार ७३ मत ल्याएका छन्। 

गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित जसपाका अध्यक्ष उपेन्द्र यादवले ७ सय ९१४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरको जम्मा घ हजार ३९० मत पुगेको छ।

हालसम्म क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा २९ हजार ५९० मतगणना भएको छ। जसमा १ हजार ५५८ मत बदर भएको र २८ हजार ३२ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सप्तरीले जनाएको छ। सप्तरी २ मा ६७.९७ प्रतिशत अर्थात ६४ हजार ५६० मतदान भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.