सप्तरीको प्रदेशसभामा कांग्रेसका मोहम्मद समिम विजयी

सप्तरीको प्रदेशसभामा कांग्रेसका मोहम्मद समिम विजयी

राजविराज : आफ्नो विरासतलाई कायम राख्दै सप्तरीको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मोहम्मद समिम विजयी भएका छन्।

प्रदेशसभा सदस्यमा १० हजार ६३० मत ल्याएर समिम पुनः निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गत प्रदेशसभाको निर्वाचनमा समेत कांग्रेसबाट सप्तरीका समिम मात्र प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

समिमका निकट्तम प्रतिद्वन्द्वी जनमत पार्टीका रामप्रसाद मण्डलले ८ हजार ५३८ मत ल्याए। तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का जोगेन्द्र भगतले ७ हजार ३४१ मत ल्याए।  

यसअघि प्रदेशसभा २ बाट जनमत पार्टीका सतिशकुमार सिंह र महेशप्रसाद यादव, ३ (२) बाट सोही पार्टीका शम्भुकुमार साह निर्वाचित भएका छन्। 

बाँकी क्षेत्रमा प्रदेश १ (१) मा नेकपा (एमाले)का राजकुमार लेखी, १ (२) मा जनमत पार्टीका सलिम मियाँ, ४ (१) मा नेकपा (एस) का गोबिन्द बहादुर न्यौपाने र ४ (२) मा स्वतन्त्रका अनिरुद्धकुमार यादवले अग्रता कायम राखेका छन्।

प्रतिनिधि सभा १ मा जसपाका नवलकिशोर साह तथा ३ र ४ मा कांग्रेसका क्रमशः दिनेशकुमार यादव र तेजुलाल चौधरीले अग्रता बढाउँदै लगेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.