सप्तरी १(१) मा एमालेका लेखी विजयी

सप्तरी १(१) मा एमालेका लेखी विजयी

राजविराज : सप्तरीको प्रदेश सभा १ (१) मा नेकपा (एमाले) का राजकुमार लेखीले विजय हासिल गरेका छन् । मतगणनाअनुसार एमालेका लेखी १४ हजार २९१ मतका साथ विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १, कञ्चनरुपका अनुसार प्रदेश सभा सदस्यमा लेखी ५ हजार १९८ मतान्तरले निर्वाचित भएका हुन् । 

निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले ९ हजार ९३ मत प्राप्त गरे । पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बेचनप्रसाद चौधरीले ७ हजार ५७२ मतमा चित्त बुझाए । गत प्रदेश सभाको निर्वाचनमा उक्त क्षेत्रबाट एमालेका सत्यनारायण मण्डलले विजयी हासिल गरेका थिए । प्रतिनिधिसभा तर्फ सप्तरी १ मा जसपाका नवलकिशोर साहले १७ हजार ८३४ मतका साथ अग्रता बढाएका छन् । साहलाई जनमत पार्टीका जयकान्त राउतले १४ हजार ८८७ मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसका रामदेव साहले १२ हजार ५९३ मत ल्याएका छन् । 

हालसम्म घोषित परिणाम अनुसार सप्तरीमा जनमत पार्टीले १ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्यमा जित निकालेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)ले १/१ प्रदेश सभा सदस्यमा जित हासिल गरेको छ । बाँकी प्रतिनिधि सभा १ मा जसपाका साह तथा क्षेत्र ३ र ४ मा कांग्रेसका क्रमशः दिनेशकुमार यादव र तेजुलाल चौधरीले अग्रता कायम राखेका छन् ।

त्यस्तै प्रदेश ४ (१) मा नेकपा (एस) का गोबिन्द बहादुर न्यौपाने र ४ (२) मा स्वतन्त्रका अनिरुद्धकुमार यादवले अग्रता कायम राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.