मोरङ ६ (१) बाट माओवादीका जीवन आचार्य निर्वाचित
विराटनगर : माओवादी उम्मेदवार जीवन आचार्य प्रदेश १ को प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका छन् । मोरङको निर्वाचन क्षेत्र ६ (१) बाट उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
आफ्नो प्रमुख प्रतिस्पर्धी एमालेकी रिता न्यौपानेलाई २ हजार २१ मतअन्तरले पराजित गर्दै आचार्यले पहिलोपटक प्रदेशसभाको यात्रा तय गरेका हुन् । आचार्य नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ का ज्वाईं समेत हुन् ।
प्राप्त मत परिणाम अनुसार एमाले उम्मेदवार न्यौपानेले १५ हजार ४६० मत ल्याउँदा आचार्यले १७ हजार ४८१ मत प्राप्त गरेका छन् । क्षेत्र नं. ६ (१) को मतगणना सकिएपछि अब ६ (२) को गणना कार्य सुरु गरिएको छ । सो निर्वाचन क्षेत्रबाट एमाले उम्मेदवार कृष्ण बस्नेत अर्थात पर्शुराम बस्नेत र काँग्रेस उम्मेदवार केदार कार्कीको प्रमुख प्रतिस्पर्धा रहेको छ ।
कार्की भने प्रदेश १ सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन् ।
प्रतिक्रिया दिनुहोस !