तेस्रो प्रयासमा सांसद

तेस्रो प्रयासमा सांसद

राजविराज: सप्तरीको प्रतिनिधि सभा ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित भएका छन् ।

संघीय सांसदका लागि तेस्रो प्रयासमा चौधरीले ३ हजार ९२१ मतान्तरले जित हासिल गर्दै संसद प्रवेशको मौका पाएका हुन् । 

मतगणनाअनुसार यादवले २६ हजार १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकट्तम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार ३०० मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेको जनमत पार्टीका अनिस अन्सारीले १५ हजार ११४ मत प्राप्त गरेका छन् । जम्मा १८ जना उम्मेदवार रहेको सो क्षेत्रमा ६६ हजार ८२० मत सदर भएको छ । 

गत प्रदेश सभाको निर्वाचनमा उक्त क्षेत्रबाट राजपाका चन्द्रनारायण चौधरीले र संविधानसभाको निर्वाचनमा एमालेका ताराकान्त चौधरी विजयी भएका थिए । उक्त दुबै निर्वाचनमा कांग्रेसका यादव निकटतम प्रतिद्वन्द्वी थिए ।

प्रतिनिधि सभातर्फ सप्तरी १ मा जसपाका नवलकिशोर साह विजयको नजिक पुगेका छन् । सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरीले अग्रता बढाएका छन् । जसपाका साहलाई जनमत पार्टीका जयकान्त राउतले तथा कांग्रेसका चौधरीलाई जसपाका बालकिशोर यादव र जनमतका सुकदेव प्रसाद साहले पछ्याइ रहेका छन् । 

हालसम्म घोषित परिणाम अनुसार सप्तरीमा कांग्रेस र जनमत पार्टीले १/१ प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेको छ । प्रदेश सभामा जनमत पार्टीले ४, नेपाली कांग्रेस र नेकपा (एमाले)ले १/१ सदस्यमा जित हासिल गरेको छ । बाँकी प्रदेश सभा ४ (१) मा नेकपा (एस) का गोबिन्द बहादुर न्यौपाने र ४ (२) मा स्वतन्त्रका अनिरुद्धकुमार यादवले अग्रता कायम राखेका छन् । 

न्यौपानेलाई एमालेका बालकृष्ण चौधरीले र स्वतन्त्रका यादवलाई जसपाका अभिषेक यादवले पछ्याएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.