सप्तरी १ बाट जसपाका साह निर्वाचित

सप्तरी १ बाट जसपाका साह निर्वाचित

राजविराज : सप्तरीको प्रतिनिधिसभा १ मा जसपा नेपालका नवलकिशोर साह निर्वाचित भएका छन्।

सप्तरीको ४ प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यको निर्वाचनमा जसपा यही एउटा पदमा निर्वाचित हुन सकेको हो।

घोषित मतगणनाअनुसार नेकपा एमालेको समर्थनमा जसपाका साहले २३ हजार पाँच सय ६४ मत ल्याएर निर्वाचित भएका हुन्। उनले 

जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार ५७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। गत निर्वाचनमा राजपाबाट नवलकिशोर साह प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १, कञ्चनरुप, सप्तरीका अनुसार उनका निकट्तम प्रतिद्वन्द्वी राउतले १९ हजार ९९२ मत प्राप्त गरे। पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामदेव साहले १४ हजार दुई सय १२ मत प्राप्त गरे। 

गत प्रतिनिधिसभाको निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका डा. सूर्यनारायण यादव विजयी भएका थिए। यसपटक डा. यादवको साटो जसपाले साहलाई उम्मेदवार बनाएको थियो। डा. यादवका भाइ चन्द्रनारायण यादव स्वतन्त्रबाट उम्मेदवार बनेका थिए। उनले २ हजार ४६८ मत बटुलेर चौथो स्थानमा रहे।

प्रतिनिधिसभा तर्फ सप्तरीबाट नेपाली कांग्रेसका दिनेशकुमार यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत यसअघि निर्वाचित भइसकेका छन्। बाँकी रहेको सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरीले अग्रता बढाएका छन्। चौधरीलाई जसपाका बालकिशोर यादव र जनमतका सुकदेवप्रसाद साहले पछ्याइरहेका छन्।

प्रदेशसभामा जनमत पार्टीले ४, नेपाली कांग्रेस र नेकपा (एमाले)ले १-१ प्रदेशसभा सदस्यमा जित हासिल गरेको छ। बाँकी प्रदेशसभा ४ (१) मा नेकपा (एस) का गोबिन्द बहादुर न्यौपाने र सप्तरी ४ (२) मा स्वतन्त्रका अनिरुद्धकुमार यादवले अग्रता कायम राखेका छन्।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.