धनुषा १ (ख) मा मर्यादापालक ‘मास्टर साहेव’ मण्डलको विजयी
जनकपुरधाम : धनुषा क्षेत्र नं. १ (ख) मा नेकपा एमालेका नेता रामचन्द्र मण्डल विजयी भएका छन्। संघीयता, समाजवाद, समृद्ध विकास निर्माणका लागि वकालत गर्दै आएका एमाले–जसपा गठबन्धनका उम्मेदवार मण्डल ३ हजार १ सय ९७ मतान्तरले विजयी भएका हुन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार संजय सिंहलाई पराजित गरेका हुन्।
एमालेका मण्डलले १३ हजार ५ सय ९४ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका संजय सिंहले १० हजार ३ सय ९७ मत ल्याए। जनमत पार्टीका उम्मेदवार सुरेन्द्र कुमार मण्डलले ९ हजार १ सय ४१ मत ल्याएर तेस्रो भए।
को हुन् मण्डल ?
निर्वाचित नेता मण्डललाई ‘मास्टर साहेव’भनेर चिन्ने गरिन्छ। उनी आफू कक्षा १२ मा पढ्दै गर्दा कक्षा १२ कै विद्यार्थीहरुलाई पढाउने उनको अद्भुत शक्ति देखेर उनलाई सबैले ‘मास्टर साहव’भनेर बोलाउँथे। जुन आजसम्म पनि कायम छ।
जनयुद्धकालमा शिक्षक पेशामा आवद्ध भएका भएका कारण उनको सुपरिचित नाम ‘मास्टर साहब’रहेकोले सबैले उनलाई सोही नामले बोलाउने गरेको छ। उनलाई सो क्षेत्रमा शिक्षाको मर्यादापालक भनेर समेत चिन्निछ।
बुबा परमेश्वर मण्डल र आमा नाम शितल्ली देवी मण्डलको कोखबाट वि.सं. २०३० साल श्रावण १७ गते धनुषाको परशुराम तलाउ (हाल मिथिलाविहारी नगरपालिका) धनुषामा जन्मेको मण्डल न्यून मध्यमवर्गीय परिवारमा हुर्केका कारण सानैदेखि अन्याय अत्याचार तथा निमुखा तथा अन्याय अत्याचार विरुद्ध संघर्ष गर्दै आएका मण्डलले स्नातकोत्तर गरेका छन्।
उनी २०४६ सालमा तत्कालिन नेकपा मालेको गाउँ कमिटीको सचिव हुँदै २०५४ देखि २०६० साल सम्म शिक्षण पेशामा आवद्ध रहे। मण्डल २०५९ सालमा नेकपा माओवादीमा प्रवेश गरी भूमिगत भएका थिए। अखिल नेपाल शिक्षक संगठनका संस्थापकको रुपमा कार्य जिम्मेवारी पूरा गर्दै मण्डल २०६३ सालमा नेकपा माओवादीको जिल्ला ईन्चार्ज, सेक्रेटरी, केन्द्रिय सदस्य, पोलिटब्यूरो सदस्य हुँदै सचिवालय सदस्य भएका थिए।
२०६४ को प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएपछि माओवादी केन्द्रका संसदीय दलका नेता भएका थिए। वाम गठबन्धनबाट निर्वाचित भएका मण्डल एमाले र माओवादीको विभाजनसँगै एमाले रोज्दा उनको सांसद पद गुमेको थियो।