विश्वेन्द्र पासवान पराजित

विश्वेन्द्र पासवान पराजित

राजविराज: बहुजन शक्ति पार्टीका अध्यक्ष एवम् पूर्व मन्त्री विश्वेन्द्र पासवान पराजित भएका छन् ।

सप्तरीको प्रतिनिधि सभा ४ मा उम्मेदवार बनेका पासवान ३ हजार १७५ मतका साथ चौथौ स्थानमा रहे । उक्त क्षेत्रमा २३ हजार ४९१ मत ल्याएर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक विजयी भए । 

संविधान सभा २०७० मा पहिलो पटक निर्वाचित चौधरीले गत निर्वाचनमा कांग्रेसबाट एक्लै लड्दा २४ हजार ११३ मत ल्याएर विजय भएका थिए ।

यसअघि सप्तरी २ को प्रतिनिधि सभामा जसपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव पराजित भएको नतिजा सार्वजनिक भएको थियो ।  

बहुजन शक्ति पार्टीका सचिव रोशनकुमार पासवानका अनुसार अध्यक्ष विश्वेन्द्र पासवानलाई सिरहा–४ सँगै सप्तरी–४ र कपिलवस्तु–३ बाट पनि पार्टीले उम्मेदवारको लागि सिफारिश गरेको थियो ।

पासवान तत्कालिन जनजाति पार्टीको तर्फबाट एक्लो संविधानसभा सदस्य थिए । उनले जनसंख्या तथा वातावरण र विज्ञान तथा प्रविधिमन्त्रालय पनि सम्हालेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.