मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि सार्थक र आरवीलाई

मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि सार्थक र आरवीलाई

विराटनगर : पाँचौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी आरवी खड्का र पथरीका सार्थक भट्टराइले जितेका छन्।

आरवीले मिस लिटल कोशी र सार्थकले मिस्टर लिटल कोशीको उपाधि हात पारेका हुन्। जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा मिस लिटलमा ३० र मिस्टर लिटलमा १४ जनाले प्रतिस्पर्धा जनाएका थिए। प्रतियोगिताको अर्गनाईजर च्वाइसको उपाधिमा विराटनगरकी अनिसा राजवंशी र केशव झा घोषित भए।

मिस लिटलतर्फको फस्ट रनरअप सुनसरीको इनरुवाकी साक्षी यादव र मिस्टर लिटलतर्फ विराटनगरका रोहित कुमार साह भए। सेकेण्ड रनरअप विराटनगरकी प्रतिक्षा श्रेष्ठ र आरुष दाहाल घोषित भए। 

यस्तै, थर्ड रनरअप मिसतर्फ विराटनगरकी स्वेच्छा श्रेष्ठ र मिस्टरतर्फ विराटनगरका परिस्कृत आचार्य भए। फोर्थ रनरअप मिसतर्फ इनरुवाकी अन्तरा सुब्बा र मिस्टरतर्फ विराटनगरका अभियान श्रेष्ठ घोषित भए।

मिस पब्लिक च्वाइस, मिस पपुलर र मिस स्माईलको उपाधि विराटनगरकी स्वच्छ श्रेष्ठले जितिन भने मिस पर्शनालिटीको उपाधि इनरुवाकी अन्तरा सुब्बाले पाइन्। 

मिस हार्ड वर्किङको उपाधि भने इनरुवाकी साक्षी यादवले प्राप्त गरिन्। मिस मल्टिमिडियाको उपाधि विराटनगरकी माही भगत, मिस ट्यालेन्टको उपाधि भोजपुरकी कटरीना सुवेदी र मिस फोटोजेनिकको उपाधि विराटनगरकी स्वर्णिमा भट्टराईले पाइन्।

यसैगरी मिस डिसिप्लिन आरवी खड्का, मिस इन्टेलेक्ट प्रतिक्षा श्रेष्ठ, मिस क्याटवाक भोजपुरकी सुवासना श्रेष्ठ, मिस क्युट कटहरीकी हिमानी राजवंशी, मिस कन्फिडेन्ट विराटनगरकी परी नेवटीया र मिस चार्मिङ इटहरीकी अविज्ञा पोखरेल घोषित भइन्। 

यसैगरी मिस्टर पपुलर र ट्यालेन्टको उपाधि पथरीका सार्थक भट्टराइले जिते भने मिस्टर  मल्टिमिडिया र मिस्टर फोटोजेनिकको एवार्ड आरुष दाहालले जिते। 

यसका साथै मिस्टर पब्लिक च्वाइस रोहित कुमार साह, मिस्टर इन्टेलेक्ट अभियान श्रेष्ठ, मिस्टर डिसिप्लिन विराटनगरका आदर्श रौनियार  र मिस्टर क्युट विराटनगरका प्रसुन तामाङ घोषित भए।

प्रतियोगिताको प्रमुख अतिथि प्रदेश १ का नवनिर्वाचित प्रदेश सभा सदस्य भीम पराजुली रहेका थिए। प्रतियोगिताको निर्णायकहरुमा डाक्टर अंकिता राठी अग्रवाल, मिस कोशी २०२१ का विजेता प्रशिका श्रेष्ठ, पत्रकार तथा व्यवसायी रोशन घिमिरे र गायक तथा लेक्चरर रोशन राजवंशी रहेका थिए।

मिस्टर एण्ड मिस लिटल कोशी २०२२ का विजेताले जनही  ३०/३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए। फाइनलमा पुगेका ४४ जना प्रतियोगीहरुले प्रमाणपत्र र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरेको जय मिडिया म्यानेजमेन्ट प्रा.लिका अध्यक्ष जय राज रायले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.