बाजुरामा कांग्रेसका पाण्डेको सुरुवाती अग्रता

बाजुरामा कांग्रेसका पाण्डेको सुरुवाती अग्रता

बाजुरा : बाजुरामा सुरुवाती मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् 

७५८ मत गणना गर्दा बद्री पाण्डेले ३७७ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३७१ मत पाएका छन्।

पाण्डे र थापाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

पाण्डेको अरू दलसँगको पहिलो प्रतिस्पर्धा हो भने थापासँग २०५६,२०६४ र २०७० मा चुनाव लडेको अनुभव छ।

दुवैजना राजनीतिक विरासत र केन्द्रीय राजनीतिमा राम्रो पकड भएका नेता हुन्।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा मतदानस्‍थलमा विवाद भएपछि रोकिएको मतगणना ११ दिनपछि सुरु भएको हो।

मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ। मतगणना स्थल बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना सुरु गर्न बुधबार निर्णय गरेको थियो। तर, दलहरुबीच सहमति जुट्न नसक्दा मतगणनामा ढिलाइ भएको हो।

आयोगले मतगणनाको निर्णय गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले तीनपटक सर्वदलीय बैठक बोलाएको थियो। दुई पटक बसेको बैठक निष्कर्षविहीन बनेपछि आज बिहान तेस्रो पटक बसेको बैठकले मतगणनाका लागि सहमति जुटाएको हो। 

निर्वाचनका क्रममा मतदानस्थलमा झडप भएपछि दुईजनाले ज्यान गुमाएका छन्। सोही विषयलाई लिएर कांग्रेस र एमालेका कार्यकर्ताबीच उत्पन्न विवादले मतगणना प्रभावित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.