मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा मत गणना स्थगित

मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा मत गणना स्थगित

बाजुरा : मतपेटीका शिल गर्दा मुचुल्का गरिएको भन्दा बढी मतपत्र देखिएपछि बाजुराको मतगणना रोकिएको छ। हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतपेटीकामा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिएपछि मतगणना रोकिएको हो।

षड्यन्त्रपूर्वक तरिकाले मतपेटीका भित्र मत राखिएको आशंका देखिएकोले मतगणना रोकिएको नेकपा एमालेले बताएको छ। प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी गणनामा देखिएका छन्।

हिमाली गाउँपालिका ६ मा (क) र (ख) गरि कुल मतदाता १७२६ रहेका छन्। तीमध्ये मुचुल्कामा १४५० मत खसेको उल्लेख गरिएको छ। गणना स्थलमा भने ४० भोट भेटिएको छ। हिमाली गाउँपालिका नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेको गृह पालिका हो। 

नेकपा एमालेले १६ बुथ कब्जा गरेको भनेकोमध्ये एक हिमाली ६ पनि हो। जहाँ उम्मेदवार पाण्डे नेतृत्वको टोली आएर बुथ कब्जा गरेका र मतदान गर्ने समय सकिएपछि कोठामा लिएर ६ सय बढी मत खसाइएको आरोप नेकपा एमालेले लगाउँदै आएको छ। हिमाली ६ स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको वडा हो।

मतदान अधिकृत लगायतका कर्मचारी, सुरक्षा निकाय सबैलाई प्रभावमा राखेर एकलौटी कब्जा शैलीमा मतदान गरेपछि शिलबन्दी गर्दा संख्या एकीन नभएको हुन सक्ने आरोप एमालेको छ। बद्मासी गरिएको कुरा प्रष्ट खुलिसकेकोले मतगणना छानवीनपछि मात्रै सुरु गरिनु पर्ने नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले बताएका छन्।

अहिले प्रतिनिधि सभाको मतगणना स्थगित छ। हालसम्म बडीमालिका नगरपालिका १ को (क) बुथबाहेक सबै वडाको मतगणना भइसकेको छ। भने हिमाली गाउँपालिका ५ र ७ बाहेकको मत गणना गरिएको छ। तीमध्ये हिमाली ६ को मत गणनामा विवाद देखिएको हो। 

हालसम्मको नजिता हेर्दा बद्री पाण्डेले ५३९९ मत ल्याएका छन्। भने कर्णबहादुर थापाले ४१३० मत ल्याएका छन्। पाण्डेले १२६९ मतको अग्रता छ। हिमाली कांग्रेस र बडिमालिका नेकपा एमालेले जितेको पालिका हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.