स्याङ्जामा पद्मासँगको मतान्तर बढाउँदै धनराज, अग्रता ४ हजार ६३१ पुग्यो

स्याङ्जा: स्याङ्जा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार गुरुङको अग्रता ४ हजार ६३१ मतले अग्रता लिएका छन् ।
स्याङ्जा २ (ख) चापाकोटको मत गणना जारी छ । अहिलेसम्म चापाकोटका वडा नम्बर १,२,३ र ४ को मतगणना सकिएको छ । अब वडा नम्बर ५ को गणना जारी छ ।
पछिल्लो परिणाम अनुसार कांग्रेसका गुरुङको २७ हजार ३२ मत ल्याएका छन् । त्यस्तै दोस्रो स्थानकी नेकपा एमालेकी नेतृ पद्मा अर्यालले २४ हजार ४०१ मत ल्याएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६२ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस !
