किशोरी समूह बीचको क्रिकेटमा सप्तरी विजयी
राजविराज : राजविराजमा बिहीबार आयोजित किशोरी समूह बीचको मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ।
'बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी' नाराका साथ सम्पन्न खेलमा सिरहालाई सात विकेटले पराजित गर्दै सप्तरी विजयी भएको हो।
सिरहाले टस जितेर निर्धारित २० ओभरको खेलमा १९ ओभर २ बल खेल्दै एक सय रनको योगफल खडा गरेको थियो। जसमा चन्द्रिका साहले २१ र शोभा शर्माले १२ रन बनाएका थिए। बलिंगतर्फ सप्तरीका साक्षी यादबले सर्वाधिक ३ विकेट लिइन्।
जवाफमा सप्तरीले १६ ओभर ५ बलमा तीन विकेट गुमाएर विजय हात पारेको छ। जसमा सरस्वती कुमारी यादवले सर्वाधिक १७ रन, साक्षी कुमारी यादबले १२ रन जोडेकी थिइन्। खेलको म्यान अफ दि म्याच सप्तरीकी साक्षी कुमारी यादब घोषित भइन्।
स्वस्थ्य, सम्मानित र विभेदरहित जीवनयापन गर्न पाउने मानवअधिकार बारे सचेतना बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।
प्रतिक्रिया दिनुहोस !