मेची रंगशालालाई पुर्नजीवन दिन ‘भद्रपुर गोल्डकप’

मेची रंगशालालाई पुर्नजीवन दिन ‘भद्रपुर गोल्डकप’

झापा: मेची रंगशालालाई पुर्नजीवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको छ। 

भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबको सहभागितामा भद्रपुर गोल्डकप सञ्चालन गर्न लागेको नगर प्रमुख गणेश पोखरेलले बताए। 

नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको भद्रपुर गोल्डकपलाई सफलतापूर्वक सञ्चालन गर्नेबारे सोमबार बिहान नगरपालिकाले सर्वपक्षीय छलफल गरेको छ।

छलफलबाट युवा उद्योगी दिपेश ढकालको अध्यक्षतामा भद्रपुर गोल्डकप मूल आयोजक समिति गठन गरिएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा टहलदास मैनाली, कोषाध्यक्षमा गणेश राजभण्डारी र सहकोषाध्यक्ष अजय साहेवाला चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा कुमार श्रेष्ठ, अनिल सुब्बा, योगेन्द्र पौडेल, पुनम सुब्बा, कविता गुरुङ, दिलीप भुइमाली, टेकमान गुरुङ  र गम्भीर राई चयन भएका छन् । 

त्यस्तै सल्लाहकार समितिमा ओमप्रकाश सरावगी, चण्डीराज ढकाल, विज्ञानराज शर्मा, टीकाराज ढकाल, विनोद बस्नेत, विमल आचार्य, केशवराज पाण्डे, दिनबन्धु गोयल, वसन्त बानिया, धर्म सिवाकोटी, प्रशान्त भण्डारी, यामबहादुर श्रेष्ठ र नवराज पनेरु रहेका छन्। 

भद्रपुर ८ को मेची रंगशालामा पहिला जिल्लास्तरीय प्रतियोगिता हुने गरेका थिए। ‘पछिल्लो समयमा जिल्लामा हुने ठूला प्रतियोगिता अन्यत्र सार्न थालेपछि सरकारी स्वामित्वको रंगशाला ओझेलमा पर्‍यो,’ नगर प्रमुख पोखरेलले भने, ‘रंगशालालाई पुर्नजीवन दिने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको हो।’ 

यस गोल्डकपले नगर क्षेत्रका फुटबल खेलाडी उत्पादनलाई प्रोत्साहन गर्ने उनको विश्वास छ।

नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपसहित खेलकुद क्षेत्रका लागि ४० लाख बजेट छुट्टाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.