माघे संक्रान्तिलाई यसरी तयार हुँदैछ चाकु (फोटो फिचर)
काठमाडौं : चाकु घिउँ र लड्डुको पर्व माघे संक्रान्ति आउन केही दिन बाँकी छ। तर, ललितपुरको टंगालमा रहेको जोशी चाकु कारखानामा भने तीन महिनादेखि कामदारलाई भ्याई नभ्याई छ।
सूर्यदास जोशीले करिब ६० वर्ष अघिदेखि यो कारखानामा चाकु बनाउन थालेका हुन्। अहिले उनी आफू चाकु बनाउन सक्दैनन् तर उनको सबै परिवार चाकु बनाएरै गुजारा चलाइरहेको छ। दीपुका अनुसार तीन महिना अघिदेखि नै बिहान ४ बजेदेखि राति ८ बजेसम्म चाकु बनाउने काम हुन्छ।
सिजनमा मासिक ६ लाख बढी फाइदामात्र हुने दीपु सुनाउँछन्। यो कारखानामा चाकु बनाउनेमात्र आठजना कामदार छन्। प्याकिङ गर्ने र बजार पुर्याउने गरेर करिब ३० जनाले रोजगारी पाएका छन्। चाकु बनाउनका लागि जोशी परिवारले मोरङको विराटनगरबाट सख्खर ल्याउँछन्। जोशी कारखानमा बनेको चाकु ललितपुर, काठमाडौं, भक्तपुरसँगै बनेपासम्म पुग्छ।
तस्बिरहरू : सुनिता डंगोल