हिमपात हुँदा कृषक हर्षित (फोटोफिचर)
मुगु : मंगलबार बिहान ४ बजेदेखि लगातार हिमपात हुँदा जिल्लाको उच्च हिमाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ। किसानहरू भने हर्षित भएका छन्।
अघिल्ला वर्षहरूमा मंसिरदेखि माघसम्म दुई तीनपटक भारी हिमपात हुन्थ्यो। यो वर्ष भने हिउँद सुरु भई गर्मियाम सुरु हुन लाग्दासमेत हिमपात नहुँदा आफ्नो खेतमा छरेको हिउँदे बाली सुक्ने चिन्ताले कृषक चिन्तित थिए।
हिमपातले जौ, गहुँ, उवा, नाफल लगायतका अन्नबालीलाई राहत हुने भएको छ।
हिमपातका कारण जिल्लामा सवारी साधन सञ्चालन हुन सकेका छैनन्। हवाइसेवा समेत अवरुद्ध हुँदा यात्री मर्कामा परेका छन्।